© २०२३
हिन्दु महिलाहरुको महान पर्ब हरितलिका तिज भदौ को अन्तिममा रहेपनि कलाकारहरुको तिजगित बजारमा ल्याउने क्रमले तिब्रता पाएको छ ।
काठमाण्डौका बिभिन्न रिसोर्ट , पार्क , मठ मन्दिर र घरमा समेत तिजको भिडियो छायाकंन धमाधम भैरहेका छन । यसै क्रममा चर्चित लोकदोहोरी गायिका मन्जु पौडेल काठमाण्डौंको हात्ती गौडा स्थित एक घरमा तिजको गित छायांकनका लागि ब्यस्त देखिन्थिन ।र्
माईतीको आगन ’बोलको गितमा सञ्चारकर्मी अनुसा पौडेल र गायिका पौडेल स्वंमले नृत्य गरिरहेका थिए भने उनलाई दिदि बहिनी र साथीहरुले साथ दिई रहेका थिए ।
दुई दर्जनको हाराहारीमा तिज गित बजारमा ल्याइसकेकी गायिका पौडेलले यो गित मार्फत बर्ष दिनमा आउने पर्ब तिजमा बिवाहित चेलीलाई माईतीको महत्व कति हन्छ भनेर दर्शाउन खोजिएको बताईन । आपना तीज गितहरुमा मौलिकता झल्कने दाबी गर्ने पौडेलले भनिन, मैले जति पनि तीज गित बजारमा ल्याएकी छु ति गितहरुमा तिजको मौलिकता झल्किन्छ । माईतीको आगन बिशुद्ध मौलिक परम्परा बोकेको तिज गित हो ।
बर्षो देखि तिजमा माइत जान नपाएकी चेलीले माईत जान पाउदाको खुशी गित मार्फत ब्यक्त गरेको गायिका पौडेलको भनाई थियो । तीज आउन झण्डै दुई महिना बाकी भएपनि देश भित्र र बिदेशमा हुने कार्यक्रममा अलि ब्यस्त रहने र धेरैको रोजाईमा पर्ने गायिका पौडेलले ,तिज बिशेष कार्यक्रमका लागि बिदेश जाने भएकाले पनि गितको छायाकंनको काम सम्पन्न गरेको बताउछिन ।भिडियो पनि पारिवारिक बनेकोे छ गायिका पौडेलले भनिन, माइतीको आगन गित मात्र होइन भिडियो पनि माईतीको आगनमै छायाकंन भएको अनुभुती भएको छ । आमा , आन्टी , दिदी बहिनी र बर्षाे सम्म भेट नभएका साथीहरुलाई समेटेर भिडियो तयार गरेकी छु । माइतीको आगनका शब्द तथा लय सकंलक दिग्गज धौराली परम्परागत लय बोकेको गित हुनाले पनि यो गितले दर्शक स्रोताको मन जित्ने दाबी गर्छन । मौसमी हिमालको कारियोग्राफी रहेको गित बि .एम .एस फिल्म कम्पनी प्रा लिले साउनको पहिलो साता बजारमा ल्याउदै छ ।