ट्रेंडिंग:

>> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक

स्मार्ट सिटिमा प्रदेशको लगानीः मन्त्री केसी

३१ असार २०७५, आईतवार
३१ असार २०७५, आईतवार

 कम्प्युटर एशोसियसन नेपाल क्यान महासंघले दाङको घोराहीमा स्मार्ट सिटि र सावईवर क्राईम सम्वन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमलाई सम्वोधन गर्दै पाँच नं प्रदेशका संघिय मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले ५ नं प्रदेशमा ३ वटा स्मार्ट सिटि वनाउने तयारी प्रदेश सरकारले गरेको जानकारी दिए । “दाङका २ उप महानगरपालीकालाई जोडेर एउटा, कोहलपुर नगरपालीका र नेपालगञ्ज उप महानगरपालीका जोडेर अर्को तथा बुटवल भैरहवा जोडेर महानगरपालीका बनाउने तयारी सरकारले गरेको छ” मन्त्री केसीले भने । तीनै पुर्वाधार निर्माणका हिसावले अलि सुविधा सम्पन्न मानिएका नगरपालीका, उप महानगरपालीकाहरुलाई जोडेर महानगरपालीका बनाई स्मार्ट सिटि वनाउने तयारी प्रदेश सरकारको छ । स्थानीय सरकारहरुले पनि मिनि सिटि निर्माणको तयारी गरीरहेकाछन्, त्यसको लागि प्रदेश सरकारले बजेट छुट्टाएको उनले बताए ।
५ नं प्रदेशलाई आई टि जोनको रुपमा विकाश गर्नका लागि सम्भाव्यता समेत अध्ययन भैरहेको मन्त्री केसीले जानकारी गराए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री केसीले स्मार्ट सिटि बनाउनको लागि सवै सहज दाङमा हुने बताए । “पुर्वाधार निर्माणको हिसावले उदाउन थालेको दाङमा अहिले देखी नै स्मार्ट सिटिको मोडेलमा गईयो भने सहज हुन्छ होईन भने अहिले भक्तपुरको हालत जे छ त्यहि नहोला भन्न सकिन्न” केसीले भने ।
स्मार्ट सिटिको अवधारणालाई प्रस्ट्याउदै हेमन्त बरालले यो तुरुन्तै गर्न गर्न नसकिने बताए । “यो जनताले सोचे जस्तो र नेता ज्यु हरुले सोचे जस्तो एकै वर्षमा गर्न सकिने नभई कम्तीमा पनि १० वर्ष लाग्छ” ईन्जिनियर बरालले भने । स्मार्ट सिटिको अवधारणा अनुसार नै काम गरीयो भने पुर्वाधार निर्माण अथवा वेसीक काम गर्नको लागि एक वर्ष लाग्ने उनको भनाई छ । त्यस्तै जनताले स्मार्ट सिटि बन्दै गरेको अनुभुतिगर्न तीन देखी ५ वर्ष लाग्ने उनले बताए । “त्यहि अनुसार काम हुदै गएमा १० वर्षमा स्मार्ट सीटि भन्न लाएको निर्माण हुने छ” बरालले भने । तर अहिले नै काम सुरु गर्ने हो भने स्वास्थ्य संस्था तथा विद्यालयहरु त्यसको नमुना बन्न सक्ने बरालले बताए ।
कम लागतमा पनि विद्यालय तथा स्वास्थ्य संस्थाहरुमा स्मार्ट सिटिको एउटा अंगको रुपमा विकाश गर्न सकिने उनको भनाई छ । त्यस्तै स्मार्ट सिटिको अभ्यास गर्दै गर्दा साईवर क्राईम पनि बढ्ने भन्दै त्यस तर्फ सचेत रहन अर्का प्रस्तोता चिरन्जीवि अधिकारीले सवैलाई आग्रह समेत गरे । त्यसका लागि साईवर सेक्युरिटि अपनाउनुपर्ने उनको सुझाव छ । त्यसैगरी अहिलेको साईवर अपराधमा कानुनि प्रावधानहरुका बारेमा समेत अधिकारी जानकारी गराएका थिए ।
कार्यक्रममा वोल्दै घोराही उप महानगरपालीकाका मेयर नरुलाल चौधरीले मानीसको सोचमा परिर्वतन नल्याउदा सम्म स्मार्ट सिटि बनाउदा प्रभावकारी नहुने बताए । “अहिले गाडि भाडा तिर्दा मेरो पैसा गनीदेउ न वावु भन्ने समाजमा स्मार्ट सिटिको अवधारण अनुरुप कार्डको माध्यमवाट तिर्ने बनाईयो भने त्यसको के अर्थ” चौधरीले भने । स्मार्ट सिटि भन्दै जति मिठा भाषण गरेपनि वास्तवमा अझै हाम्रो समाज स्मार्ट नभईसकेको मेयर चौधरीको भनाई छ । अहिले पनि व्यवहारीक ज्ञान नभई सैद्धान्तीक ज्ञानले भरीयको जनशक्ति हामि माझ भएकोले तुरुन्तै स्मार्ट सिटि बनाउन नसकिएपनि तयारी स्वरुप काम गर्नुपर्ने धारणा ब्यक्त गरे ।
कार्यक्रममा क्यान महासंघका बरिष्ठ केन्द्रीय उपाध्यक्ष नवराज कुँवरले स्मार्ट सिटिको आधारभुत काम गर्दा स्थानीय सरकारलाई सहयोग गर्न क्यान महासंघ नेपाल तयार रहेको बताए । विगत २५ वर्षदेखी क्यान महासंघले आई टि को क्षेत्रमा काम गरीरहेको भन्दै उनले स्थानीय सरकारले चाहेको खण्डमा प्रविधियुक्त नगर बनाउन सहयोग गर्न क्यान महासंघ तयार रहेको उनले जानकारी दिए । अहिले जसरी स्वास्थ्य सम्बन्धि जनचेतनाका कार्यक्रमहरु गाँउगाँउ सम्म स्थानिय सरकारले लगेको छ त्यस्तै आईटि क्षेत्रका वारेमा पनि जनचेतनाका कार्यक्रमहरु गाँउस्तर सम्म लैजान उपाध्यक्ष कुँवरले स्थानिय तहहरुसंग आग्रह गरे । अभिमुखिकरण कार्यक्रमको प्रायोजन राप्ति ईन्जीनियरिङ कलेज दाङले गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?