ट्रेंडिंग:

>> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर

रानीमहल संरक्षणमा किन ढिलाई ?

८ फाल्गुन २०७९, सोमबार
८ फाल्गुन २०७९, सोमबार

नेपालको ताजमहलको उपमाले प्रसिद्ध ऐतिहासिक रानीमहलको संरक्षणमा अहिलेसम्म बेवास्ता हुँदै आएको छ । रानीमहल दरबार क्षेत्रको संरक्षणमा भएको ढिलासुस्ती र बेवास्ताले ऐतिहासिक रानीमहल दरवार क्षेत्र जीर्ण बन्दै गएको अवस्थामा पछिल्लोसमय तानसेन नगरपालिकाले संरक्षणको प्रयास अघि बढाएको छ । यो खुसीको कुरा त हुँदै हो– त्यसमाथि रानीमहल नेपालको प्रमुख पर्यटकीय गन्तब्य वन्न सक्ने संभावना छ । तर, रानीमहल दरवारमात्र होइन त्यस वरिपरीको क्षेत्रको संरक्षणमा ध्यान दिनु जरुरी छ । रानीमहल दरवार आजभन्दा १२९ बर्षअघि वि.सं. १९५० मा शिलान्यास भई १९५४ सालमा जनरल खड्ग शमशेरले आफ्नी रानी तेजकुमारीको सम्झनामा कालीगण्डकी नदीको किनारमा आकर्षक चारतले दरवार बनाउन लगाएका थिए । त्यो अन्ततः प्रेमको प्रतिकको रुपमा नेपालमै प्रसिद्ध हुँदै आएको छ । यति महत्वपूर्ण ऐतिहासिक क्षेत्रको संरक्षण र प्रवद्र्धन गर्न सक्ने हो भने रानीमहल भारतको ताजमहल बन्ने निश्चित छ । जसरी भारतको ताजमहल भ्रमण गर्न विश्वकै पर्यटक भारतको ताजमहल पुग्ने गर्छन, त्यसबाट भारतको पर्यटन प्रवद्र्धनमै ठूलो सहयोग पुगेको छ । त्यसरी नै नेपालको रानीमहलको संरक्षण गरेर यसको प्रचार प्रसार गर्ने हो भने यो ताजमहल जत्तिकै लोकप्रिय, प्रसिद्ध र अन्तर्राष्ट्रिय पर्यटकको गन्तब्य बन्न सक्ने कुरामा दुईमत छैन । अहिलेसम्म यो ऐतिहासिक क्षेत्रको संरक्षणमा गरिएको ढिलासुस्तीका कारण रानीमहलको कतिपय ऐतिहासिक वस्तुहरु लोप भएको आशंका गरिएको छ । त्यो ऐतिहासिक अहिलेसम्म खण्डहरमै परिणत भएको थियो । वास्तवमा भन्ने हो भने नेपालले यो क्षेत्रको महत्व बुझ्नै सकेन् ।

राजाले आफ्नी रानीको सम्झनामा आजभन्दा करिव एकसय ३० बर्षअघि रानीमहल बनाउन लगाउनु र कालीगण्डकीको किनारमा यति धेरै लगानी गर्नु चानचुने कुरा थिएन । त्यसका लागि कति कालीगढको श्रम परेको छ, कति लगानी भएको छ, त्यहाँ भित्रको ऐतिहासिक वस्तुको जोरजामको कुरा छ । त्यो पनि कसरी संभव भएको होला ? यातायातको साधन नभएको बेला पनि यति महत्वपूर्ण संरचना वन्न वास्तवमा देशको लागि ठूलो कुरा हो । तर, नेपाल सरकारले यसको महत्व बुझ्न सकेन । रानीमहल अव नेपालको सम्पत्ति हो । यसको संरक्षणमा ढिलाई नगरौं । यो महत्वपूर्ण सम्पदा संभावित प्राकृतिक विपत्तिको उच्च जोखिममा रहेको छ । रानीमहलको केही माथिबाट कालिगण्डकी कोरिडोर सडक निर्माणाधीन छ । सोही सडक निर्माणका क्रममा जथाभावी डोजर प्रयोगले वर्षायाममा ठाउँठाउँमा पहिरो झर्दा रानीमहल दरबार आसपासका भौतिक संरचनामा क्षति पु¥याएको छ । तसर्थ अव माथिबाट पहिरो र तलबाट नदीको बेगले रानीमहल जोखिममा रहेकोले ढिलो नगरि संरक्षणमा जुट्नु जरुरी छ । नेपाल सरकार, प्रदेश र स्थानीय तानसेन नगरपालिकाले रानीमहलको संरक्षण, विकास र प्रचार प्रसारमा ध्यान दिने हो भने बर्षेनी लाखौं पर्यटक भित्राउन सकिन्छ । त्यसबाट देशको विकासमा टेवा पुग्नेछ । अव ढिलो नगरी रानीमहल दरबार क्षेत्र संरक्षणका लागि सम्वन्धित निकायको ध्यान जाओस् । त्यहाँ पुग्ने आन्तरिक पर्यटकले समेत रानीमहल जोखिममा रहेकाले यसको दीगो संरक्षणमा तीनवटै तहका सरकारको ध्यान जानुपर्ने बताएका छन । तसर्थ अब रानीमहललाई जोगाएर ब्राण्डिङ गर्ने कुरामा सवैको ध्यान पुग्नु जरुरी छ । खासगरि स्थानीय सरकारको हिसावले तानसेन नगरपालिकाले पछिल्लोसमय जुन प्रयास गरेको छ त्यो सराहनीय छ । तर, अव त्यतिले मात्रै पुग्दैन् । रानीमहलको बृहद् गुरुयोजना वनाएर दिर्घकालीन संरक्षणको पहल होस् । बर्तमान पुस्तामात्र होइन रानीमहल संरक्षण गर्न सकियो भने भावी पुस्ताका लागि यो महत्वपूर्ण सम्पदा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?