ट्रेंडिंग:

>> न्यु सिर्जना अन्तिम आठमा >> पूर्वडीआईजी छविलाल जोशी पक्राउ  >> साइबर अपराधको आरोप लागेका दुर्गा प्रसाई पक्राउ >> कांग्रेसको व्यवसायिक सिप विकास विभागमा १० सदस्य मनोनित >> सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालन >> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने

दाङमा हात्तीपाइले निवारण गर्न तेह्रौँ पटक औषधी खुवाइँदै

५ फाल्गुन २०७९, शुक्रबार
५ फाल्गुन २०७९, शुक्रबार

दाङ, ५ फागुन ।

जोखिम पहिचान भएका दाङसहितका जिल्लामा आम औषधी सेवनको प्रभावकारी ईपिडिमियोलोजिकल कभरेज प्राप्त गरी हात्तीपाइले निवारण गर्ने उद्देश्यले फागुन ११ गतेबाट आम औषधी सेवन अभियान हुन लागेको छ ।

स्वास्थ्य कार्यालय दाङले हात्तीपाइले रोग विरुद्धको आम औषधी सेवन अभियान अन्तर्गत जिल्लामा क्रियाशील पत्रकारहरुसँग गरेको अन्तत्र्रिmयामा निमित्त कार्यालय प्रमुख डम्मर कुँवरले लुम्बिनीमा दाङसहित बाँके र कपिलवस्तु हात्तीपाइले रोग निवारणमा असफल भएको हुँदा अब यो जिल्लाको जनस्वास्थ्यको दृष्टिकोणले पनि गम्भीर रुपमा सोँच्नुपर्ने बेला भएको बताए ।

कुल जनसंख्याको ८० प्रतिशत जनसंख्यालाई आम औषधी सेवन हुनुपर्नेमा गत वर्षपनि निकैले औषधी सेवन गरेका कारण दाङमा तेह्रौँ पटक आम औषधी सेवन अभियान गर्न थालिएको हो । यो अभियान सफल बनाउन जिल्लाका १० वटै पालिकामा रहेका ६ लाख ८७ हजार जनसंख्यालाई औषधी खुवाउन ६ सय ६१ स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयंसेविका खटाउन लागिएको छ ।

सन् २०११ बाट शुरु भएको अभियान २०२३ सम्म गरी राख्नु दुःखद पक्ष भएको बताउँदै आम औषधी सेवनमा नागरिकको पहुँच बढाउन सचेतना बढाउन सबै सरोकार निकायसँग अपिल गरे ।

आगामी सन् २०३० सम्ममा हात्तीपाइले रोग निवारण गर्ने सरकारको लक्ष्य रहेको भएपनि नेपालका अधिकांश जिल्ला निवारण भई सक्दा दाङ अहिलेसम्म पछि परेको हुँदा अब गम्भीरतापूर्वक अभियान सफल बनाउन लाग्नुपर्ने बेला भएको उल्लेख गरे ।

हात्तीपाइले रोग फोकल पर्सन कमल चन्दले कभरेज ८० प्रतिशत पुर्याउन सक्ने अवस्था नरहेमा आगामी थप दुई वर्ष आम औषधी सेवन अभियान थप्नुपर्ने हुँदा अबका दिनमा सबैसजग हुनुपर्ने बेला भएको बताए ।

गत वर्षबाट डिईसी, आईभरमेक्टिन र अल्बेन्डाजोल खुवाउने काम हुँदै आएको छ । जस अनुसार, सबैभन्दा कम उचाई भएकाले १–१ वटा डिईसी, आईभरमेक्टिन र अल्बेन्डाजोल गरि ३ गोली औषधी खानुपर्ने तथा सबैभन्दा बढी उचाई हुनेले ४–४ वटा डिईसी र आईभरमेक्टिन तथा एक वटा अल्बेन्डाजोल खानुपर्ने फोकल पर्सन चन्दले बताए ।

कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले नागरिकको अधिकारका लागि खबरदारी गर्ने मिडियाले स्वास्थ्य क्षेत्रको गम्भीरतालाई पनि उत्तिकै जिम्मेवारीपूर्वक लिने बताए । मानव स्वास्थ्यको सुधारका लागि मिडियाले हिजोका दिनदेखि नै वकालत गर्दै आएको हुँदा सरकारले थालेको नागरिक स्वास्थ्यको कार्यक्रमलाई सबैको साथ रहने विश्वास दिलाए ।

कार्यक्रममा प्रेस काउन्सिल सदस्य शरद अधिकारीले हात्तीपाइले रोग निवारण गर्न थालिएको अभियान नखुवाएर भन्दा नखाएर समस्या थपिएको हुन सक्ने हुँदा अबको दिनमा औषधी खाने गरी अभियानलाई जोड्न अपिल गरे ।
जिल्लामा गत वर्षको सर्वेक्षणले ४ सय २९ जनामा हात्तीपाइले र १ हजार ६ सय १४ जनामा हाईड्रोसिल गरी कुल २ हजार ४४ जनामा यो समस्या रहेको छ । सन् २०११ मा पहिलो पटक गरिएको परिक्षणमा जिल्लामा ८७ प्रतिशतमा रोग नियन्त्रणका लागि कभरेज गरिएको थियो ।

तर, पछिल्ला वर्षहरुमा यसको कभरेज दर घट्दै जाँदा समस्या थपिएको पाईएको हो । पछिल्लो ३ वर्षको अवस्था विश्लेषण गर्दा पनि यसलाई नियन्त्रणमा ल्याउन चुनौति देखिएको छ । सन् २०२० मा जिल्लामा ६५ प्रतिशतमा झरेको कभरेजको दर सन् २०२१ मा बढेर ६७ प्रतिशत हुँदै अघिल्लो वर्ष सन् २०२२ मा ६८ प्रतिशतमा पुगेको छ ।

नागरिकको लापरवाही र औषधी सेवनका बारेमा गलत सूचना प्रवाहका कारण हात्तीपाइले रोग निवारणमा चुनौति देखिएको स्वास्थ्यकर्मी बताउँछन् । दाङमा हात्तीपाइलेको जोखिम बढ्दै जाँदा पनि आम औषधी सेवन अभियान प्रभावकारी बनाउन अनेकन प्रयास भएको छ ।

नागरिकको लापरवाही र औषधी सेवनका बारेमा गलत सूचना प्रवाहका कारण हात्तीपाइले रोग निवारणमा चुनौति देखिएको स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले जानकारी दिए । उनले दाङमा हात्तीपाइलेको जोखिम बढ्दै जाँदा पनि आम औषधी सेवन अभियान प्रभावकारी बनाउन अनेकन प्रयास भएको बताए । जिल्लामा गत वर्षको सर्वेक्षणले ४ सय २९ जनामा हात्तीपाइले र १ हजार ६ सय १४ जनामा हाईड्रोसिल गरी कुल २ हजार ४४ जनामा यो समस्या रहेको उनले जनाए ।

हात्ती पाइले रोगबाट बच्न वर्षको एकपटक पाँच वर्षसम्म सरकारद्वारा वितरित निःशुल्क चक्की खानुपर्ने हुन्छ । यसको सेवनले असर नगरे पनि शरीरमा धेरै परजीवी छन् भने टाउको दुख्ने, वाकवाकी लाग्ने, अथवा पेट दुख्ने हुन सक्छ । यो औषधि गर्भवती, एक सातासम्मका सुत्केरी, छारे रोग, मुटु रोग, मृगौला, जन्डिस, कलेजोमा समस्या भएका नागरिकले सेवन गर्न नहुने फोकल पर्सन चन्दले जानकारी गराए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?