ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

मारुनी नाँच संरक्षणमा युवा

२६ कार्तिक २०७५, सोमबार
२६ कार्तिक २०७५, सोमबार

परम्परागत कला संस्कृतिको रूपमा रहेको मारुनी नाँच लोप हुन लागेको भन्दै रोल्पाका युवाहरूले यसको संरक्षण अभियान थालनी गरेका छन् । कला संस्कृतिको संरक्षण गर्नुको साटो युवायुवतीहरू आधुनिकताको नाममा छाडा संस्कृतिको पछि लागेको उनीहरूले आरोप छ ।
केटालाई केटीको पोशाकमा सजाएर नाचिने यो नाचलाई स्थानीय भाषामा सिंगारु नाच भन्ने गरिन्छ । केटीको पोशाक र सिंगारपटारसँगै केटी जस्तै देखिने केटा मादलको धुनमा मादले सँग नाच्ने गर्दछन । मारुनी नाईकेले निकालेको भाकामा अरूले समेत गाला जोडेर मारुनी गित गाउने गर्दछन । तिहार, सत्यनारायणको पुजा, रुद्राक्षभिषेक जस्ता शुभकार्यमा यस्तो नाच नाच्ने गरिन्छ । तिहारको समयमा झण्डै १ घण्टा एउटै घरमा बित्ने गर्दछ मारुनी समूहका सदस्य वुद्धिराम केसीले भने । रितपूर्वक गर्दा निकै लामो हुन्छ केसीले भने । सत्यनारायणको पुजा रुद्राक्षभिषेक लगायतका शुभकर्ममा भने एउटै घरमा रातभर मारुनी नाच्ने गरिन्छ केसीले भने । पछिल्ला दिनमा देखिएका आधुनिक गित संगित तथा बाजागाजाले परम्परा बोकेका यस्ता मौलिक संस्कृतिलाई विस्थापित गरिरहेको केसीको भनाइ छ । मौलिक कला संस्कृतिको संरक्षणले मात्रै परम्परा जोगिने भन्दै यसको संरक्षणमा स्थानीय सरकारले समेत ध्यान दिनु पर्ने केसीको सुझाव छ ।
मादल, बाँसुरी, झ्याली, पैजन जस्ता परम्परागत बाजाको माध्यमबाट नाचिने यस्तो नाँच पछिल्ला दिनमा लोपोन्मुख अवस्थामा पुग्नु नेपाली मौलिक कला संस्कृती माथिको प्रहार भएको अर्का अभियान्ता मोहन विष्टले बताए । नेपाली पोशाक लगाएर नाचिने मारुनीले कला संस्कृती, भाषा र बाजागाजाको समेत संरक्षण गरिरहेको विष्टको भनाइ छ । वयोवृद्ध व्यक्ति, युवा र बालबालिका तथा महिला पुरुष समेत समेटिने यस्तो समावेशी चरित्र बोकेको नाँच नेपाली कला संस्कृतीको बहुआयामिक संस्कृति हो विष्टले भने ।
रोल्पाका अधिकांश गाउँहरूमा यस्तो नाच नाचिने पुस्ताहस्तान्तरणको अभावले पछिल्लो पुस्ताले बिर्सदै जान थालेका छन । विगतमा एक गाउँ एक मारुनी समूह हुन्थ्यो अचेल फाट्ट फुट्ट मात्र देख्न पाईन्छ जेष्ठ नागरिक जिल्ला संघ रोल्पाका अध्यक्ष तेजराज आचार्यले भने । पुरानो पुस्तामा रहेको नेपाली कला संस्कृतीलाई नयाँ पुस्तामा हस्तान्तरण नगरे निकट भविष्यमै यस्ता कला संस्कृती लोप हुने संभावना छ आचार्यले भने । जेष्ठ नागरिकहरूमा रहेका कला संस्कृती र सीपहरू नयाँ पुस्तालाई हस्तान्तरण गर्न सरकारले विशेष कार्यक्रम ल्याउनु पर्छ अध्यक्ष आचार्यले भने । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?