© २०२३
जनप्रतिनिधिको सक्रियतामा बुझाइएयो ६ लाख विगत लामो समय देखि विभिन्न बाहनमा व्याक्तिहरुबाट रकम असुल्दै गरेको मिलन भनिन् पुर्ण बहादुर दिश्वामगरले करिव ५६ लाख रुपैयाँ रकम ठगेको अशंका गरिएको छ । स्वयम् आफु पनि शररिक रुपमा अपाङ्गता रहेको उक्त व्याक्तिले रुपन्देही, पाल्पा, गुल्मी, स्याङ्जा र पर्वत जिल्लामा समेत सोही प्रकृतिको ठग गरेको पाइएको हो ।
यसरी विभिन्न जिल्लामा अपाङ्गता भएका व्याक्तिहरुको नाममा रकम उठाएर फरर रहेको उसलाई तिलोत्तमा नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष गणेश न्यौपानेको सक्रियातमा केही रकम सम्बन्धीत व्याक्तिहरुलाई प्रदान गरिएको छ । केही महिना अघि देखि नै तिलोत्तमा नगरपालिकाका विभिन्न स्थानमबाट करिव ३ सय भन्दा बढि व्याक्तिलाई अपाङ्गताको नाममा ठगी गर्दै आएको भन्दै पिडीतहरुले तिलोत्तमा नगरपालिका वडा नम्बर १३ को कार्यालयमा उजुरी दिएका थिए । सोही आधारमा तिलोत्तमा नगरपालिका १३ का जनप्रतिनिधी अध्यक्ष गणेश पौडेलले प्रहरीको सहयोगमा मिलन भनिन् पुर्ण बहादुरलाई नियन्त्रणमा लिन सफल भएको थियो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीको रोहवरमा २ सय ६१ जनाको रकम फिर्ता गरिएको छ । केही समय पहिला आफुहरु ठगीएको भन्दै रुपन्देहीको तिलोत्तमा मा २ सय ६१ जना विभिन्न व्याक्तिहरुले आफुले दिएको रकम सहित असुलउपर गरिदिन वडा १३ मा दिवेदन दिएका थिए ।
सोही आधारमा तिलोत्तमा –१४ स्थायी घर भएका ‘मिलन’ भनिने पुर्ण बहादुर दिश्वामगरलाई प्रहरीले केही समय पहिला नियत्रन्णमा लिएको थियो । पछि आफुले गल्ती स्वीकार गरेपछि उनले रकम फिर्ता गर्ने प्रतिवद्वता जारी गरेका थिए । सोही अनुसार वडा नम्बर १३ का वडाअध्यक्ष गणेश न्यौपानले सक्रियता देखाएर ६ लाख ५६ हजार ५ सय रुपैयाँ रकम ठग दिश्वामगरबाट असुल गरि अपाङ्गता भएका व्याक्तिहरु, जिल्ला प्रहरी कार्यालय रुपन्देहीको रोहवरमा रकम फिर्ता गरिदिएका हुन । वडा अध्यक्ष न्यौपाने भन्छन्–‘केही समय पहिला आफु ठगियौ भनेर उजुरी दिनुभएको अपाङ्गता भएका व्याक्तिहरु २ सय ६१ जनाको हिसाव गरेर कुल ६ लाख ५६ हजार ५ सय रुपैयाँ ठग्ने व्याक्तिबाट असुल गरी वितरण गरेका हौं ।’
शुक्रबार साँझ सम्म निवेदन दिएका २ सय ६१ जना मध्ये २ सय जनाले आफ्नो रकम फिर्ता लगेका छन् भने अन्य ले लैजाने प्रक्रियामा रहेका छन् ।
ठगीमा माहिर मनिएका दिश्वामगरले अपाङ्गताको नामा विदेश पठाईदिने भन्दै पनि रकम उठाउदै आएको बुझीएको छ । अपाङ्गताको नाममा करिव ३ सय जनालाई ठग्दै हिडेको उजुरी गत माघ महिनामा स्थानियले तिनपा वडा नम्बर १४ को कार्यालयमा दिएका थिए ।
दिशामगरले गत कार्तिक महिना देखि नेपाल अपाङ्ग सरोकार केन्द्र शाखा बालाजु काठमाण्डौ को उप–शाखा रुपन्देहीमा स्थापना भएको भन्दै अपाङ्गता भएका व्याक्तिहरु र अन्य व्याक्तिहरुबाट आजिवन सदस्यता शुल्क भन्दै रकम उठाएर ठगी गर्दै आएका छन् ।
आफु शारीक रुपमा अपाङ्गता भएका दिशा मगरले आजिवन संस्थाको सदस्य बनाईदिने, विदेश भ्रमणमा पठाईदिने रकमको व्याज पाईनदे भन्दै प्रति व्याक्ति २५ सय देखि ४० हजार रुपैयाँ सम्म उठाउदै आएको पाइएको हो । रुपन्देहीको सियारी गाउपालिका, सुद्धोधन गाउपालिका, तिलोत्तमा नगरपालिकाका विभिन्न स्थानहरुको अलवा उनले नवलरासी, पाल्पा, गुल्मी, स्याङ्जा र पर्वत जिल्लामा समेत आफ्नो पहुँच विस्तार गरी ठगी काण्ड मच्चाउदै आएका छन् ।
वडा अध्यक्ष न्यौपानेका अनुसार करिव ६५ लाख भन्दा बढि रकम ति व्याक्तिले ठगी गरेको हुन सक्ने अनुमान गरिएको छ । शुक्रबार २ सय ६१ जनाको रकम फिर्ता गर्ने प्रक्रिया चलिरहदा समेत करिव १ सय जनाको संख्यामा पुनः आफुहरु पनि ठगीएको र उचित क्षती पुर्ती पाउनुपर्ने माग सहित वडा नम्बर १३ तिलोत्तमाको कार्यालयमा अपाङ्गता भएका व्याक्तिहरु आएको वडा अध्यक्ष न्यौपानेले बताए ।
यता, मिलन मगर भनिने ठगी व्याक्ति पुर्ण बहादुर दिश्वामगर ९८४७५२०७०४ नम्बर पटक पटक फोन सम्पर्क गर्दा उनले उठाएनन् । एक पटक फोन उठाएका उनले पटक पटक फोन काटेका थिए । सयौ पटक फोन गर्दा पनि उनले यस विषयमा कुनै पनि प्रतिक्रिया दिन्न्, पटक पटक फोन काटे । स्मरण रहोस ठगीको आरोपका केही समय पहिला जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नियन्त्रमा लिएर नीज दिश्वामगरलाई केही दिन राखी मानवियताको कारण भन्दै छाडेको थियो ।