© २०२३
न्यु एज फेमिली स्पा एण्ड स्यालुन एकेडेमीमाले बुटवलका ब्युटि एण्ड द बेष्ट’ पुस्तका विमोचन गरको छ ।
सौन्दर्य सम्बन्धी भारतबाट प्रकाशन हँुदै आएको उक्त म्याग्जीनको बुटवलमा न्यु एज फेमिली स्पा एण्ड स्यालुन एकेडेमीले विक्रि वितरण गर्ने छ । उक्त म्याग्जिनको बुटवलमा विमोचन गर्दै मिस नेपाल २०१७ निकिता चण्डकले सान्दर्य एउटा कला भएको कारण कलालाई प्रस्फुटन गरेर विभिन्न व्यक्तिहरूले समाजमा उदाहरणीय कार्य गरेको बताईन् । कार्यक्रममा बोल्दै उनले ब्युटि स–सानो उमेरदेखि पाका पुस्ता सम्म आवश्यक रहेको भन्दै सौन्दर्य कलालाई समाजमा उचित स्थान दिनको लागि समेत आग्रह गरिन् । उनले सौन्दर्य कला क्षेत्रलाई एउटा अभिन्न अंगको रूपमा विकास गर्नको लागि सबैको हातेमालो आवश्यक रहेको बताईन् ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य तथा बुटवल उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठले सौन्दर्यलाई महिलासंग मात्र जोडेर हेर्नुभन्दा पनि यसलाई व्यवससायीकता आवश्यक रहेको बताए ।
उनले सौन्दर्यको दायरा फराकिलो बनाउनु आवश्यक रहेको भन्दै यसमा सबैको साथ र सहयोग आवश्यक रहेको बताएका थिए ।
यस्तै कार्यक्रममा बुटवल उवासंघका पुर्व अध्यक्ष जीवन ओझा, महेशमान सिंह, साना घरेलु उद्योग महासंघ प्रदेश ५ की महिला अध्यक्ष शान्ती शर्मा लगायतले बोल्दै म्याग्जीनको सफलताको कामना साथै दिपवाली, छठ पर्वको शुभकामना समेत दिएका थिए ।
कार्यक्रममा बोल्दै न्यु एज फेमिलि स्पा एण्ड स्यालुन एकेडेमीकी प्रमुख तथा सञ्चालक मिना श्रेष्ठले आगामी दिनमा कक्षा ९ देखि १२ सम्म नेपाल सरकारले नै हेल्थ एण्ड व्युटी पाठ्यक्रम राख्ने निर्णय गरेको प्रति खुसी व्याक्त गरिन् । उनले भारतमा भएको सौन्दर्यकला प्रतिपष्र्धामा नेपालबाट सहभागी भई दुई पटक सम्म नेपाली सौन्दर्यलाई पहिचान गराउनुको साथै उत्कृष्टता अवार्ड समेत प्राप्त गर्नु आफैमा गौरवको विषय भएको बताईन् ।
नेपालमा विसं. २०५७ सालमा सुरु भएको न्यु एज ले मेकअप, हेयर र स्किन सम्बन्धि डिप्लोमा र एडभान्स लेभलको तालिमहरूमार्फत दक्षजनशक्ति उत्पादन र रोजगार सृजनाको कामलाई बढावा दिँदै आएको छ ।
भारतको दिल्लीमा सन २०१७ मा भएको कार्यक्रममा बेष्ट बाईडर मेकअप आर्टिष्टको उपाधि पाएकी तथा जयपुरमा सन २०१८ मा आयोजित अन्तर्राष्ट्रिय मिलिनियम ब्रिलियन्स अवार्ड २०१८ मा समेत पुरस्कृत भएको थिए ।
नेवारी दुहलीको पहिरनलाई अन्तर्राष्ट्रिय मञ्चमा नेपाली चेलीले अन्तर्राष्ट्रिय मञ्चमा पाएको यो सम्मान पाएकी थिईन् । म्याग्जन विक्रिबाट सबै रकम सामाजिक कार्यमा लगाउने योजना रहेको सञ्चालक मिना श्रेष्ठले जानकारी दिईन् ।
à