ट्रेंडिंग:

>> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

ब्याज दर बढ्नुको कारण बैंक मात्र होइनन्: ढकाल

२ फाल्गुन २०७९, मंगलवार
२ फाल्गुन २०७९, मंगलवार

बुटवल,२ फागुन । नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष चन्द्रप्रकाश ढकालले ब्याज दर बढ्नुको कारण बैंकहरु मात्र नभएको बताएका छन् ।
बुटवलमा मंगलबारदेखि शुरु ११औं कृषि मेलाको उद्घाटन गर्दै ढकालले ब्याज दर बृद्धि गर्नु बैंकहरुको वाध्यता भएको र यसबाट सबैभन्दा बढी दुखित बैंकहरु नै भएको बताए । ‘कोरोना महामारी, रुस–युक्रेन युद्धका कारण आयातित सामानको मुल्य वृद्धि,रेमिटेन्समा पनि कमी, तरलता अभाव, किस्ताको रिशेड्युल, विदेशी पर्यटक आगमनमा कमी जस्ता कारणले ब्याज दर बढ्न पुगेको हो’–ढकालले भने–‘तर बैंकहरुको कारण मात्रै ब्याज दर बढेको भन्ने भ्रम परेको छ, पारिएको छ,यथार्थमा ब्याज दर बढ्दा सबैभन्दा दखित कोही भएको छ भने बैंकहरु नै हुन् ।’
भू उपयोग निति अब्यबहारिक हुँदा कित्ताकाट रोकिंदा पनि अर्थतन्त्र संकुचन भएको र ब्याज दर बढ्न गएको ढकालले दावी गरे ।
नेपाल कृषिप्रधान मुलुक भएपनि वर्षेनी खर्ब बढीको कृषिजन्य वस्तु आयात भइरहेको उल्लेख गर्दै ढकालले स्वदेशमै मल कारखाना स्थापना, समयमै मल, बिउ र सिंचाईको व्यवस्था गर्न सके मात्रै आयात प्रतिस्थापन भई ब्यापार घाटा कम हुन जाने बताए । ब्याज दर घट्नुपर्छ भन्ने मान्यता बैंकहरुको पनि रहेको नेपाल उद्योग वाणिज्य महासंघको रहेको ढकालले बताए ।
‘कृषि प्रधान मुलुकमा २३ अर्ब सोयाबिन, १८ अर्बको चामल र ९ अर्बको तरकारी वर्षेनी आयात हुन्छ’–ढकालले भने–‘यो अवस्था अन्त्य गर्न स्थानीयदेखि केन्द्रसम्मका सरकारको ध्यान जानुपर्छ ।’ सरकारले मूल्य नतोक्दा, बजारीकरणमा लगानी नगर्दा र चिस्यान केन्द्र अभावमा किसान र ग्राहक दुबै मर्कामा परेका उनले बताए । मुलुकको अर्थव्यवस्था सुधारको लागि कृषिको व्यवसायिकरण, यान्त्रिकरण, प्रविधिको प्रयोग र वैज्ञानिक कृषि प्रणाली अपनाउनु पर्ने बताउँदै उनले यसतर्फ सरकार पनि गम्भिर हुनु पर्ने भनाई राखे ।
ढकालले मुलुकको अर्थतन्त्र सुधारको दिशामा अघि बढेकाले निराश नहुन उद्योगी व्यवसायीलाई आग्रह गरे ।

कार्यक्रममा स्वागत गर्दै संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले कृषिको व्यवसायिक विकासको लागि प्रवद्र्धनात्मक रुपमा कृषि मेला सञ्चालन गर्दै आएको बताए । उनले कृषि बस्तुको प्रवद्र्धन तथा विविधिकरण गर्ने माध्यमको रुपमा खाद्य परिकारको प्रवद्र्धन पनि एउटा माध्यम भएकोले कृषि मेलामा पोर्क (बंगुर)का परिकार सहितको फेस्टिवल आयोजना गरिएको बताए । त्यसबाहेक च्याउ, दुग्ध, कोदो माछाका परिकार पनि मेलामा राखिने र खाने प्रबृत्तिको विकासले स्थानीय कृषि बस्तुको प्रवद्र्धन गर्नुको साथै पोषणमा सुधार तथा आयात प्रतिस्थापनमा समेत सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गरे । नेपालको कुल जनसंख्याको ६६ प्रतिशत कृषि क्षेत्रमा आधारित भएपनि कुल ग्राहस्थ उत्पादनमा यसको ३६ प्रतिशत मात्रै योगदान रहेकाले कृषि क्षेत्रमा रहेको अपार सम्भावनालाई उजागर गर्दै थप लगानी भित्र्याउन र कृषि क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता बढाउन कृषि मेलालाई निरन्तरता दिदै आएको बताए ।
मेलाको उद्घाटन कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँण, सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख ईस्तियाक अहमद खाँ, बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले कृषिको व्यवसायिक विकासको लागि वैज्ञानिक कृषि प्रणाली, प्रतिस्पर्धी क्षमताको बस्तु उत्पादन, उत्पादित बस्तुको लागत घटाउन र कृषिलाई कसरी रोजगारीसँग जोड्न सकिन्छ ? त्यसतर्फ ध्यान दिनुपर्ने भनाई राखे ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्रका सभापति अरुण सुमार्गी, लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा, संघका सल्लाहकार तथा पूर्वअध्यक्ष निर्मलप्रसाद लाकौल, बुटवल उपमहानगरपालिकाका कार्यकारी प्रमुख टेकराज पन्थी, रुपन्देही व्यापार संघका अध्यक्ष कृष्णप्रसाद घिमिरे, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल लगायतले शुभकामना व्यक्त गरे ।
बुटवल उद्योग वाणिज्य संघ र लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयको संयुक्त आयोजनामा सञ्चालन गरिएको कृषि मेला यहि फागुनको ६ गते सम्म चल्ने छ । ‘बजारमुखी कृषिको आधार, समुन्नत नेपालको पूर्वाधार’ भन्ने मुल नाराका साथ आयोजना गरिएको कृषि मेलामा ‘प्रथम पोर्क फेष्टिवल’ समेत आयोजना गरिएको छ ।

पोर्क फेष्टिवललाई मेलाको प्रमुख आकर्षणको रुपमा लिईएको छ ।
पाँच दिनसम्म सञ्चालन गरिने मेलामा प्रविधिको प्रदर्शनी, उत्कृष्ट कृषि उत्पादनको प्रदर्शनी, कृषि सेवा सम्बन्धि जानकारीमुलक र पोर्क पेष्टिवलका समेत गरी ५० स्टल समावेश गरिएको संघका महासचिव बिमलराज भट्टराईले जानकारी गराउनु भयो । कृषिका अत्याधुनिक प्रविधि तर्फ धान रोप्ने मेसिन, बालि काट्ने मेसिन, गोड्ने मेसिन, बेलर मेसिन, थोपा सिचाई प्रविधि, हाईड्रोपोनिक्स, मौरी पालन, जैविक मल लगायतको प्रदर्शनी गरिने छ । त्यस्तै कृषि सम्बन्धि अन्तरक्रिया तथा छलफल र दुग्धपान प्रतियोगिता, लौकाट, कडकनाथ, बट्टाई, लोकल कुखुराको प्रदर्शनी तथा विक्रि वितरण तथा कृषिमा आधारित सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने छ ।
उपत्यका बाहिर २०४१ सालमा पहिलो पटक बुटवलमा औद्योगिक व्यापार मेला आयोजना गरेको बुटवल उद्योग वाणिज्य संघले २०६२ सालमा पहिलो पटक विशिष्टिकृत कृषि मेला आयोजना गरेको थियो । यस विचमा संघले नेपाल सरकार, कृषि विकास मन्त्रालयसँगको संयुक्त आयोजनामा छैठौं राष्ट्रिय प्राङ्गारिक कृषि मेला र एघारौं राष्ट्रिय प्राङ्गारिक कृषि मेला सफलता पूर्वक सम्पन्न गरिएको संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?