ट्रेंडिंग:

>> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

नवलपुरमा बजार अनुगमन

२१ कार्तिक २०७५, बुधबार
२१ कार्तिक २०७५, बुधबार

 जिल्ला प्रशाशन कार्यलय नवलपुरले खाद्य पसलको अनुगमन गरेको छ । सोमबार कावासोती नगरपालिकाका मिष्ठान्न भण्डार, होटल तथा किनारा पसलहरूमा अनुगमन गरेको हो ।
सोही क्रममा कावासोतीमा रहेका मिठाई पसलले एक किलोग्राममा एक सय ४० ग्राम सम्म तौल कम गरेर दिने गरेको पाइएको छ । जिल्ला प्रशाशन कार्यालय नवलपुरको रोहबरमा गरिएको अनुगमनमा सो प्रमाणित भएको हो । मिठाई पसलहरूले मिठाई राखेर दिने डब्बा मात्रै एक सय ४० ग्राम सम्म तौल रहेको पाइएकाले उपभोक्ताले एक किलोग्राममा ८० रूपैयासम्म मिठाईमा घाटा व्यहोरेको जिल्ला प्रशाशन कार्यालय नवलपुरका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताए ।
कावासोतीमा बढि चलेका तीन वटा मिठाई पलमा अनुगमन गरिएको थियो । कावासोती दुई ईन्द्र्रचोकमा रहेको श्री गणेश मिष्ठान्न भण्डार, ओम मिस्ठान्न भण्डार र फलफुलचोकमा रहेको पारस मिष्ठान्न भण्डारमा अनुगमन गरिएको हो ।
मिठाई पसलहरूमा पहिलो पटक अनुगमन गरिएकाले अबका दिनमा उपभोक्तालाई सहि तौल दिन अनुरोध गरेर छाडिएको पौडेलले जानकारी दिए । मिठाई पलहरूमा सरसफाई समेत नगरेको पाईएकाले सरसफाई गर्न समेत निर्देशन गरिएको छ ।
यस्तै कावासोतीका होटल र किराना पसलमा पनि अनुगमन गरिएको थियो । फलफुलचोकमा रहेका होटलहरूमा गरिएको अनुगमनका क्रममा भान्छा ज्यादै फोहोर रहेको पाईएको छ । दुई दिनभित्र सरसफाई र भान्छा घरको व्यवस्थापन गर्न निेर्दशन गरिएको पौडेलले बताए ।
यस्तै दर्ता पनि नभएकाले दर्ता गर्न समेत निर्देशन गरिएको छ । यसैगरि किराना पसलहरूमा म्याद नाघेका, लेबल नभएका, कुहिएका दाल, तेल, च्यापत्ती, सिन्के चाउचाउ , फुरनदाना, सेवई, दालमोठ लगाउतका सामाग्री फेला पारिकाले ती सामाग्री जफत गरि नष्ट गरिएको छ ।
यस्तै अुगमन गरिएका पसलहरूमा कुनैले पनि मुल्य सुचि नरोखेको पाईएकाले मुल्य सुचि राख्न भनिएको पौडेलले जानकारी दिए । अनुगमनमा कावासोती नगरपालिकाका राजेन्द्र देवकोटा, नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष डासुराज पोख्रेल, प्रहरी, उपभोक्ता हकहित संरक्षण मञ्च र पत्रकारको टोली सहभागि थिए । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?