ट्रेंडिंग:

>> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

मेलामा गाउँपालिकाको चासो

२० कार्तिक २०७५, मंगलवार
२० कार्तिक २०७५, मंगलवार

 रूपन्देहीका ओमसतिया गाउँपालिका वडा नम्बर ५ मा रहेको ओमसतिया श्रीरामजानकी मन्दिरमा लाग्ने मेलाको व्यवस्थापनमा गाउँपालिकाले चासो देखाएको छ ।
यस अघि बिभिन्न ब्यक्तिहरू मिलि मेला ब्यवस्थापन गर्दै आए पनि अहिले गाउँपालिकाले उक्त मेला आफै ब्यवस्थापन गर्ने भएको छ । प्रत्येक कार्तिक शुक्ल पूर्णिमाको दिन यस स्थानमा मेला लाग्ने गरेको छ । प्राचीन र नामुद यस मेलामा रूपन्देही मात्र हैन छिमेकी जिल्ला नवलपरासी, कपिलवस्तु र भारतबाट समेत श्रद्धालुहरू यहाँ मेला भर्न आउने गरेका छन् । नजिकैको रोहिणी खोलामा स्नान गरि सतिया माई संग मागेको मनोकामना पूर्ण हुने विश्वासका साथ मेलामा लाखौ दर्शनार्थीहरूको घुइँचो लाग्ने गरेको हो ।यस पटकको मेला गाउँपालिकाले आफ्नै ब्यवस्थापनमा गर्ने भए पछि मेला थप ब्यवस्थित र पारदर्शी हुने ब्यवस्थापन समितिले पत्रकार सम्मेलनको आयोजना गरि बताएका छन । समितिको आयोजनामा यही मंसिर ७ गते कार्तिक शुक्ल पूर्णिमाको दिन मेला, मंसिर ८ र ९ गते कुस्ती दंगल र मंसिर १ गते देखि ७ गते सम्म सांस्कृतिक कार्यक्रम हुने भएको हो । प्राचिनकाल देखि धार्मिक तथा ऐतिहासिक महत्व बोकेको ओमसतियामाई श्री रामजानकी मन्दिरको अदभुत शक्तिको रूपमा चिनिने र आफ्नै पहिचान रहेको हुँदा सदिऔं देखि कार्तिक शुक्ल पूर्णिमाको दिन हुने मेलामा देशविदेशबाट श्रद्धालु भक्तजनहरूको घुँइचो लाग्ने गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट (राहुल) ले बताए । ओमसतियामाई मन्दिरलाई धार्मिक पर्यटकीय स्थलको रूपमा स्थापित गर्न गाउँपालिकाले गुरुयोजना बनाउने क्रममा रहेको उनले बताए । त्यस्तै मन्दिर आसपास रहेका क्षेत्रमा कृषि बजार व्यवस्थापनको परिकल्पना समेत गाउँपालिकाले गरेको केवटले जानकारी दिए । साढे ३ सय वर्ष पुरानो ओमसतियामाई मन्दिर राष्ट्रिय सम्पदामा सुचीकृत हुन नसक्नु दुःखद हो, त्यसका लागि गाउँपालिकाले पहल गर्दैछ, उनले भने ।देशविदेशबाट पहलमानहरूको सहभागिता रहने कुस्ती प्रतियोगितामा प्रथम पुरस्कार रु. ७० हजार, द्धितीय ३५ हजार, तृतीय २० हजार, २ जोडीकोे १५ हजार, ५ जोडीको १० हजार, १० जोडीको ५ हजार, १० जोडीको २ हजार र १ हजार राखिएको ओमसतिया गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ६ का वडाअध्यक्ष शिव कुमार धवलले बताए ।à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?