© २०२३
बुटवल – बुटवल १५ मा कर्साघाटमा शवदाह गृह निर्माण हुने भएको छ । बुटवल, सैनामैना र शुद्धोधन क्षेत्रले उपभोग गर्ने गरी मुक्तिधाम घाट कर्साघाटमा शवदाह गृह निर्माण गर्न लागिएको हो ।
शवदाहगृहस्थलको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले शिलान्यास गरे । शिलान्यास कार्यक्रममा बोल्दै उनले मानिसको मृत्युपछि जथाभावी शवदाह गर्ने गर्दा नदी र आसपासको क्षेत्र दुषित भएकाले व्यवस्थित गर्न शवदाह गृह निर्माण गर्न लागिएको बताए ।
कार्यक्रममा वडा नं १५ का अध्यक्ष शिव रानाले व्यवस्थित शवदाह गृह निर्माणले नदीक्षेत्र प्रदुषण हुनबाट रोकिने बताए । कार्यक्रममा बुटवल–१४ का अध्यक्ष दधिराम न्यौपाने, वडा नं १७ का अध्यक्ष कृष्ण पौडेल, साबिक सेमलार गाविसका अध्यक्ष हरिध्वज मल्ल, प्रेम शर्मा काफ्ले, निर्माण समितिका अध्यक्ष वेदानिधि रिजाल, वडा सचिव मेघराज काफ्लेलगायतले आ आफ्नो भनाई राखेका थिए ।