© २०२३
डोल्पामा जिप दुर्घटनामा परि १० जनाको मृत्यु भएको छ भने दुईजना घाईते भएका छन् । सोमबार डोल्पाको दुनैबाट सुपानीतर्फ जाँदै गरेको भे १ च १६१० नम्बरको जिप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको हो । जिप ठूलोभेरी नगरपालिका – ९ स्थित सडक खण्डबाट भेरी नदिमा खसेको हो ।
जिल्ला प्रहरी कार्यलय डोल्पाका अनुसार नदीबाट १० जनाको शव निकालिएको छ । मृतकको पहिचान खुलेको छैन । मृत्यु हुने १० जनामा ७ जना पुरुष र ३ जना महिला रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायब उपरिक्षक डिएसपि अवदेश विष्टले जानकारी दिए । २ जना पुरुष घाइते छन् । जिपमा कति सवार थिए भन्ने खुल्न सकेको नसकेपनी दुईजना घाईतेको नाम भने खुलेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार त्रीपुराशुन्दरी नगरपालीका २ का वडा अध्यक्ष नन्दबहादुर थापा र चालक त्रीपुरासुन्दरी ३ का दिनेश बोहोरा रहेका छन् । प्रहरीका अनुसार अहिले पनि उद्धारकार्य भईरहेको छ ।