ट्रेंडिंग:

>> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक

भन्सारको जस लिन होडबाजी

२९ असार २०७५, शुक्रबार
२९ असार २०७५, शुक्रबार

नवलपरासी स्थित महेशपुर छोटी भन्सारलाई स्तारोन्नी गरि मुल नाकाको रुपमा ठूलो भन्सार बनाउने सरकारले निर्णय गरे पछि जस कसले लिइने भन्ने होडबाजी चलेको छ । मुल नाका बनाउने सरकारी निर्णयको जस आफ्नो पोल्टोमा पार्ने गरि कार्यक्रम गर्ने,भाषण गर्ने,फेसबुक समाजिक सञ्जालमा लेख्ने,चिया पसल जहाँ तही भन्दै जस लिइनेको होडबाजी चलेको हो ।
सरकारको निर्णय सार्वजनिक हुने वित्तिकै नेपाली काँग्रेसका जिल्ला नेता कार्यकर्ताले नेपाली काँग्रेसको तर्फबाट साँसद जितेका देवेन्द्रराज कण्डेललाई माला लगाई उत्सव मनाए । प्रदेशसभा सदस्य बैजनाथ जैसवालले महेशपुरमा कार्यक्रमकै आयोजना गरेर आफुले बर्षाै देखी उठाउदै आएको एजेण्डा अहिले सफल गराएको दाबी गरे । उद्योग बाणिज्य संघ नवलपरासीले परासीको बुद्धचोकमा दिपावली गरेर संघले माग गर्दै आएकोले अहिले माग पुरा भएको संघका पदाधिकारीले भाषण ठोके । उबामहासंघका केन्द्रिय सदस्य गुणनीति तिवारीले लामो समय देखी मुल भन्सारका लागि कुरा उठाउदा अहिले मात्र उद्योगी ब्यवसायिको माग पुरा भएको भाषण गरेका थिए ।
यता राजपाका जिल्ला अध्यक्ष मण्डलका संयोजक बिजय अग्रहरीले तत्कालिन आपुर्ति मन्त्रि राजेन्द्र महतोले नै भारतसंग सहमती गराएको र अहिलेको सरकारले निर्णय गरेको सुनाए । भन्सारको जस लिन जिल्लाका नेतासंग सधै काठमाडौं मै दिन विताउने पुर्व मन्त्रि तथा साँसद ह्देश त्रिपाठी पनि जिल्लामा आएर जस लिइने कार्य छाडेका छैनन् । उनि पत्रकार भेटघाट नै गरेर आफु मन्त्रि हुदा खेती नै भारतसंग नाका खुलाउने सहमति भएको र अहिले सरकारले कार्यान्वयन गर्न लागेको बताएका थिए ।
काँग्रेस र मधेशबादी नेता कार्यकर्ताले मुल भन्सार भएको जस लिईने गरि अभिब्यतिm,कार्यक्रम गर्ने र पचारबाजीमा लागे पछि कम्युनिष्ट पार्टीका नेताहरु आक्रोसित भई अभिब्यतिm दिन थालेका छन् । त्यसको खण्डन गर्न मै लागेका छन् । मधेशी र कांग्रेसीले आफ्नो पहल गरेर भएको प्रचारबाजी प्रति आक्रोस ब्यतm गर्दै नेकपाका जिल्ला नेता विरेन्द्र यादवले भने,आफ्नो सरकार र आफु सरकारमा हुदा माखो मार्न नसक्नेहरु अहिले आफुले मुल भन्सार गराएको सुन्दा आश्चर्य लागेको बताए ।
पहल गर्ने पहलमान नै भएको भए किन आफ्नो काँग्रेस नेतृत्वको सरकार हुदा निर्णय गराउन सकेनन् । अहिलेको सरकारले काम गरे पछि जस लिइने होडबाजी चलाउनेको कुनै तुक छैन्, उनले फेरी आफ्नो दाबी गर्न पनि भुलेनन्,थपि हाले, यसका लागि अहिले ५ नं.प्रदेश सरकारका योजना मन्त्रि बैजनाथ चौधरी र पुर्व अर्थमन्त्रि विष्णु पौडेलको पहलमा मात्रै मुल भन्सार बनाउने निर्णय सम्भव भएको हो । अरुले जे जस्तो प्रचार गरे पनि अहिले सरकार कम्युनिष्ट पार्टीको हो,विपक्षमा रहेका काँग्रेस र राजपाका नेताले आन्दोलन पनि गरेका होईन् कि सरकारले बाध्य भएर उनिहरुको माग पुरा गरेको हो ।
एमाले तिरका कम्युनिष्ट नेता यादवले यि कुरा भनि राख्दा माओवादी तर्फका कम्युनिष्ट नेता तथा पुर्व स्थानिय राज्यमन्त्रि घनश्याम यादवले पनि महेशपुर नाकालाई मुल नाका बनाउनका लागि तत्कालिन अर्थमन्त्रि तथा प्रधानमन्त्रि डा.बाबुराम भट्टराईले पनि सोच ल्याएको भने् । अहिले सोही अनुसार सरकार सो सोचलाई मुर्त रुप दिदै कार्यान्वयन गर्न निर्णय गरेको हो । यसरी अहिले महेशपुर भन्सार नाका मुल नाका बनाउने सरकारी निर्णयले नवलपरासीमा चर्चा परिचर्चाको विषय बनेको छ । त्यसका राजनीतिक जस लिइनका लागि प्रचार गर्ने,दाबी गर्ने र खण्डन गर्ने जिल्लाका नेता कार्यकर्ताको दिनाचर्या बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?