© २०२३
शिवराज नगरपालिका–१, कपिलवस्तुका २२ वर्षे खिमबहादुर वि.क. एक बालिकालाई बलत्कार गरेको आरोपमा पक्राउ परेका छन् ।
१३ वर्षीय बालिकालाई बलत्कार गरेको आरोपमा वि.क. पक्राउ परेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । पीडित बालिकाका बुवाले प्रहरीलाई दिएको उजुरीका आधारमा वि.क.लाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक महेश्वर उपाध्यायले जानकारी दिएका छन् ।
देउसी भैलोको तयारी गरी करीब १० बजे राति घर आएकी बालिका शौच गर्न घर नजिकैको शौचालयमा जाँदै गर्दा वि.क.ले जवरजस्ती तानेर मुख थुनी बलात्कार गरेको पीडितको आरोप छ ।
घटना बुधबार रातिको हो । पीडित बालिकाले परिवारलाई घटनाबारे राति नै बताएकी थिइन् । तर परिवारले बिहीबार बिहान मात्रै प्रहरीलाई खबर गरेका थिए । उजुरीका आधारमा प्रहरीले युवकलाई बिहीबार पक्राउ गरेको प्रहरी निरीक्षक उपाध्यायले बताए । पक्राउ परेका आरोपीलाई म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी निरीक्षक उपाध्यायले बताए । प्रहरीका अनुसार पीडित बालिकालाई जिल्ला अस्पताल तौलिहवामा स्वास्थ्य परीक्षणपछि घर फिर्ता गरेको छ । बालिकाको मेडिकल रिपोर्ट अझै नआएको र थप जानकारी स्वास्थ्य रिपोर्टपछि थाहा हुने प्रहरी निरीक्षक उपाध्यायले बताएका छन् ।
प्रहरी प्रशासनले तदारूपताका साथ काम नगरेर दोषीलाई छुटाउने चलखेल भइरहेकोे भन्दै पीडित परिवारले शनिबार प्रहरी कार्यालय घेराउ गरी दोषीलाई कानुन बमोजिम कारबाहीको माग गर्र्दै दबाव सिर्जना गरेका थिए ।à