© २०२३
रूपन्देहीको नहरपुरमा जारी पाँचौ माउण्ट स्टार नक आउट फुटबल प्रतियोगितामा आयोजक माउण्ट स्टारले चर्च ब्वाईज युनाईटेडलाई पराजित गर्दै उपाधि दाबेदारी पेश गरेको छ । नहरपुर मावि खेलमैदानमा शनिबार भएको पहिलो सेमीफाईनल खेलमा चर्चलाई ३–० गोल अन्तरले पराजित गर्दै आयोजक फाईनलमा पुगेको हो । माउण्ट स्टारको विदेशी खेलाडी मार्टिन नायक बने । उनले आफनो ह्याट्रिकसंगै टिमलाई जिताउन सफल भएका थिए । उनले खेलको १९, ६७ र ७५ औ मिनेटमा गोल गरेका थिए ।
खेलमा मार्टिन गुरुङ्ग म्यान अफ दी म्याचबाट पुरस्कृत भएका थिए । आईतबार दोस्रो सेमीफाईनल खेलमा गोर्खा ब्बाईज क्लब बुटवलले भैरव एफसी नवलपरासीसंग प्रतिस्प्रर्धा गर्ने छ । प्रतियोगितामा उपाधि विजेतालाई नगद २ लाख २५ हजार, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमलाई नगद १ लाख १५ हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने संयोजक बिनोद गौतम क्षेत्रीले बताए । यसैगरि सेमीफाईनल पुग्ने दुई टिमलाई २५–२५ हजार नगदबाट पुरस्कृत गरिने छ । प्रतियोगितामा उपाधिका लागि काठमाण्डौ, नवलपरासी, मकवानपुर, चितवन, कपिलबस्तुसहित रूपन्देही १६ वटा टिमले भाग लिएका छन ।