© २०२३
भैरहवामा रहेको हिमचुली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्यलाई राहत रकम प्रदान गरेको छ ।
संस्थाका कोषाध्यक्ष समेत रहेका एमबी रहमानको छोरा क्यान्सरको कारण मृत्यु भएकोले सहकारीले राहत रकम प्रदान गरेको हो । सहकारीका अध्यक्ष बसन्त कुमार लाल कर्णले शेयर सदस्यलाई राहत बापतको रकम प्रदान गरेका हुन । संस्थाको साधारण सभाले गरेको निर्णय अनुसार राहत प्रदान गरिएको अध्यक्ष कर्णले बताए ।
यस बाहेक संस्थाले प्रत्येक शेयर सदस्यको ५ लाख सम्मको दुर्घटना बिमा एवं ५० हजार सम्मको मेडिकल बिमा समेत गरिएको उनले जानकारी दिए ।