© २०२३
बुटवल, २३ माघ । अभिनेता पल शाहलाई १५ दिनभित्र अदालतमा उपस्थित गराउन उच्च अदालत पोखराले आदेश दिएको छ ।
शाहलाई नाबालिगमाथि बाल यौन दुराचार गरेको अभियोगमा जिल्ला अदालत नवलपरासीपूर्वले साढे २ वर्ष कैद र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो ।
कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषि राजभण्डारीको संयुक्त इजलासले सोमबार शाहविरुद्धको बाल यौन दुराचारको मुद्दामा दुवै पक्षलाई झिकाउने आदेश दिएको रजिष्ट्रार श्रीलाल पौडेलले जानकारी दिए ।
सो फैसलाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय र शाह दुवै पक्षले उच्च अदालत पोखरामा पुनरावेदन गरेका थिए । जिल्ला अदालत तनहुँले भने शाहलाई सफाइ दिइसकेको छ ।