ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

गुराँसको ठुटामा ‘फक्रियो काष्ठकला’

१२ कार्तिक २०८१, सोमबार
१२ कार्तिक २०८१, सोमबार

गुल्मी, १२ कार्तिक ।
गुल्मीको पर्यटकीय स्थल सत्यवति क्षेत्रमा काष्ठ मूर्तिकला तथा चित्रकला कार्यशालाले सत्यवतिको पहिचान झल्काएको छ । सत्यवति गाउँपालिकाको आयोजनामा उक्त कार्यशाला सञ्चालन गरिएको हो ।
जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्र सत्यवतिको प्रचार–प्रसारमा टेवा पुराउने उद्देश्यले सत्यवति गाउँपालिका–३ ठूलोलुम्पेकको सत्यवति क्षेत्रमा पालिकाको आयोजनामा काष्ठ मूर्तिकला तथा चित्रकला कार्यशाला आयोजना गरिएको सत्यवति गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डेले जानकारी दिए ।

सत्यवति गाउँपालिकाको पहिचानसँग जोडिएको सत्यवति क्षेत्रको ग्रामीण पर्यटन प्रवद्र्धनको लागि कार्यशालाले थप टेवा पुराएको सत्यवति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद भुसालले बताए । मूर्तिकार तथा चित्रकारले सत्यवती क्षेत्रको पहिचानसँग जोडिएका विभिन्न प्रकारका दुई दर्जन भन्दा बढि मूर्ति तथा चित्रहरू बनाएका छन् । जङ्गलमा सडेर जाने गुँरासका काठहरूमा साँस्कृतिक, प्राकृतिक र धार्मिक आस्था सहित सत्यवति क्षेत्रको भावना समेटिएका आर्कषक मूर्तिहरू कोरिएको कलाकारहरूको संयोजन गरिरहेका प्राज्ञ एवं बरिष्ठ मूर्तिकार याम बहादुर थापाले बताएका छन ।

सत्यवति गाउँपालिकाकै मूर्ति तथा चित्रकारहरूको अगुवाईमा निःशुल्क कार्याशाला सञ्चालन गरिएको थियो । सत्यवति गाउँपालिकाका प्राज्ञ एवं बरिष्ठ मूर्तिकार भुवन थापा मगर ‘बहुवी’, याम बहादुर थापा र नरेन्द्र भण्डारीले आफु र विभिन्न ठाउँका कलाकार मार्फत सत्यवति क्षेत्रको पर्यटकीय विकासको लागि निशुल्क रूपमा मूर्ति तथा चित्रहरू निर्माण गरेको बताए । मुर्तिकार तथा चित्रकारहरूले सत्यवति क्षेत्रका मठ मन्दिर तथा पूर्व प्रधानपञ्चदेखि गाविस अध्यक्षसम्मको तस्बिर बनाएका छन् ।
पर्यटन बोर्ड एवं गाउँपालिकाको सहयोगमा उक्त क्षेत्रमा गत वर्ष पिकनिक स्र्पोट, ट्रस, शौचालय, पार्क गरि ५८ लाख भन्दा बढि लागतका संरचना निर्माण गरिएको छ । सत्यवति गाउँपालिका अध्यक्ष टीकाराम पाण्डेले आफ्नो जन्मभूमिप्रति मूर्ति तथा चित्रकारले देखाएका उर्जा र सहयोगी भावनाको उच्च गदर गरेको थियो । उनले मूर्तिकार तथा चित्रकारहरूले निकै मेहनतले निर्माण गरेका मूर्ति तथा चित्रहरूको संरक्षणमा गाउँपालिकालाई चुनौति थपिएको बताए ।

कार्यशालाको समापन कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य यमु गैरे, कालिगण्डकी गाउँपालिका अध्यक्ष बेद थापा, सत्यवति तथा कालिगण्डकीका वडाध्यक्ष तथा जनप्रतिनिधि, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरूको सहभागीता रहेको थियो । नेपाल सरकारको एक सय नयाँ पर्यटकीय गन्तव्य मध्ये सत्यवति क्षेत्र पनि एउटा गन्तव्य स्थलमा पर्दछ । गाउँपालिकाले १० दिनसम्म मूर्ति तथा चित्र निर्माण गरेका कलाकारहरू तथा स्वयंसेवकहरूलाई सम्मान समेत गरेको छ । सत्यवती क्षेत्रमा दश दिनसम्म सञ्चालन गरिएको कार्यशालामा स्वदेश तथा विदेशमा ख्याती कमाएका २३ जना मूर्तिकार तथा चित्रकारहरूको सहभागीता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?