ट्रेंडिंग:

>> सर्भरमा समस्या आउँदा डिस्चार्ज भएका बिरामी अस्पतालमै  >> देवकोटा जयन्ती तथा प्रतिभा संगम कार्यक्रम >> फोहोर बोक्ने ट्रक चढेर ट्रम्पको चुनावी र्याली >> नेपाल संवतले राष्ट्रिय स्वाभीमान र मौलिक संस्कृतिको प्रतिनिधित्व गर्छ- प्रचण्ड >> आइपिएलका फ्रेन्चाइजीले कुन कुन खेलाडी रिटेन गरे ? >> कृष्णबहादुर महराका छोरा राहुल १४ महिनामा थुना मुक्त >> नेपाल सम्वत ११४५ को स्वागतमा बुटवलमा विविध कार्यक्रम हुने >> अवैध लागूऔषध सहित पाँच जना पक्राउ >> मुम्बई इण्डियन्सले रिटेन गर्यो पाँच खेलाडी >> बंगलादेशविरुद्धको टेस्ट सिरिज दक्षिण अफ्रिकाको क्लीन स्वीप >> तिहारमा किन र कसरी खेलिन्छ देउसी-भैलो ? >> साम्बा भन्छिन्- यो हार बिर्सिन धेरै समय लाग्छ >> विश्वकप लिग-२ अन्तर्गत आज अमेरिका र स्कटल्याण्डबीच खेल हुदै >> रवि लामिछानेको बयान सकियो, तिहारपछि अदालतमा लगिने >> साफमा उपविजेता बनेको महिला फुटबल टिमलाई पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा >> उत्तर कोरियाले गर्यो अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परिक्षण >> स्पेनमा बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो >> अर्जुन कपुरले गरे मलाइकासँग ब्रेकअपको पुष्टि >> सरकारी अस्पतालमा बालबालिका जन्मिनासाथ अपांगतासहित चार स्वास्थ्य परीक्षण अनिवार्य >> निलम्बित मुख्यसचिव अर्याललाई भ्रष्टाचारको आरोपबाट सफाई >> उज्यालो र झिलिमिली बत्तीको चाड तिहार >> प्लाष्टिक माला : नगरमा बन्द, गाउँमा खुला >> सुनको मुल्यमा आजपनि नयाँ किर्तिमान, तोलाको एक लाख ७१ हजार >> म्यानमारका संस्कृतिमन्त्री लुम्बिनी भ्रमणमा >> हिरो मोटरसाईकल किन्दा ५ लाख उपहार >> आठ वर्षपछि दम्ती सबस्टेशन संचालन >> महेशपुर भन्सारको राजस्व संकलन ओरालो >> पक्षघात सचेतनामा ढिलाई नगरौं >> नेपाल सम्वत् र म्हःपूजाको पृष्ठभूमि >> वारी सोधी, पारी किनमेल >> चाडपर्वमा नेटवर्कको सास्ती >> लुम्बिनीमा १२ करोडको सयपत्री कति फूलले बजार पाउला ? >> आज कात्तिक कृष्ण चतुर्दशी : कुकुर तिहार मनाइदै >> पूर्व मुख्यसचिवले भ्रष्टाचार मुद्दामा सफाइ पाए >> देवकोटाको जीवनका केही चाखलाग्दा घटनाहरू >> राईनो संरक्षण गोल्डकप फुटबलको उपाधि नेपाल एपिएफ क्लवलाई >> नेपाललाई हराउँदै बंगलादेशले उचाल्यो साफ च्याम्पियनसिपको उपाधि >> नारायणगढ–बुटवल सडक खण्डको ठेक्का तोड्ने चेतावनी >> मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा ज्ञवाली >> कस्तो रह्यो लुम्बिनी सरकारको सय दिन ? >> बेलायतका राजा चार्ल्स भारतको बेंगलुरुमा >> नेप्सेमा १४ अंकको गिरावट >> गढीमाई मन्दिरको दान पेटिका र रसिदबाट ९ लाख ६६ हजार नगद संकलन >> अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ >> रेड पाण्डाको छालासहित एक जना पक्राउ >> हराएका २५ दुई पाङग्रे सवारी साधन धनीलाई हस्तान्तरण >> प्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान >> काठमाडौँ महानगरले तीन ठाउमा साफ फाइनल एलइडी स्क्रिनबाट देखाउने >> नेपालसँग साफमा पाँच फाइनल हारेको पिडा मेटाउने अवसर ! >> न्यूजील्याण्डका स्कट कुगलाइन एनपीएलमा सुदूरपश्चिमबाट खेल्ने

नेपाल सम्वत ११४५ को स्वागतमा बुटवलमा विविध कार्यक्रम हुने

शुक्रबार दिउसो बृहत् मोटरसाईकल रयाली, शनिबार क्यालेण्डर बिमोचन, सम्मान तथा शुभकामना आदानप्रदान
१५ कार्तिक २०८१, बिहीबार
१५ कार्तिक २०८१, बिहीबार

बुटवल, १५ कार्तिक । नेपाल सम्वत ११४५ को स्वागतमा बुटवलमा विविध कार्यक्रम गरि मनाइने भएको छ । नेपाल सम्वत सबै नेपालीको साझा सम्बतका रुपमा चिनाउने गरि नेवा देय दबु नगर समितिको मुल आयोजनामा बुटवलका १० वटा खलपुचहरुको सहभागीतामा बुटवल विहिबार दिउसो वृहत मोटरसाईकल रयाली तथा शनिबार सम्मान, शुभकामना आदाप्रदान गरि दुई दिने मनाईने भएको हो ।

विहिबार बुटवलमा पत्रकार सम्मेलन गरि समितिका अध्यक्ष गोपाल श्रेष्ठले सम्पुर्ण तयारी पुरा भएको बताए । शुक्रबार दिउँसो ४ बजे राजमार्ग चौराहाबाट शुरु हुने मोटरसाइकल रयाली बुटवल बजार परिक्रमा गरि योगिकुटी हुदै देविनगरस्थित नेवा सेवा समितिको कार्यालयमा समापन गरिने उनले बताए । रयालीमा करीब ५ दर्जन बढि मोटरसाइकल रयालीमा सहभागी हुने उनले बताए । यसै गरि काठमाण्डौ बाहिर पहिलोपटक नेपाल सम्वतको क्यालेन्डर समेत बिमोचन गर्ने तथा बुटवलमा रहेर नेवार समुदायको भाषा, संस्कृतिमा योगदान दिएका नेवा दे दबुको संस्थापक अध्यक्ष रबिन्द्रगोपाल लाकौललाई सम्मानको कार्यक्रम राखिएको उनले बताए ।

कार्यक्रममा नेवा सेवा समिति देविनगर, भिमसेन सेवा समाज बुटवल–३, भिन्धो नेवा समाज (बुटवल —१७,१८,१९), नेवा संस्कृति संरक्षण समाज देविनगर, भिमसेन सेवा समाज देविनगर, गणेश नेवा समाज देविनगर, नेवा समाज १ र २, नेवा समाज अर्घाखाँची रुपन्देही सहित एक दर्जन बढि यस क्षेत्र १० वटा खलपुचहरु संयुक्त रुपमा गरिने भएको छ ।

नेवा सेवा समिति देविनगरका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले नेपाल सम्वत सबै नेपालीको साझा सम्वतको रुपमा पहिचान दिने गरि कार्यक्रममा सबैको उपस्थिति हुने बताए । ‘हामीले सबै जातजातीका नेतृत्वहरुलाई सहभागिताको लागि निम्तो दिएका छौ ।’— उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?