© २०२३
संयुक्त अरब इमिरेट्स (दुबई) मा आयोजना भएको जुनियर मोडेल ईन्टरनेशनल २०१८, अन्तर्राष्ट्रिय बाल महोत्सवमा बुटवलका विधान गहतराज लगायत जुनियर मोडेलको उपाधिसहित अन्य चार जनाले विभिन्न विधामा सफलता प्राप्त गरेकाहरूलाई बुटवलमा सम्मान गरिएको छ ।
ड्रिम ईभेन्ट्स एण्ड ईन्टरटेन्मेन बुटवलले बिहीबार बुटवलमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । ड्रिम ईभेन्ट्स एण्ड ईन्टरटेन्मेनका अध्यक्ष प्रकाश मगरले नेपालबाट पहिलो पटक सहभागी भएको जुनियर मोडलिङ्ग विजेता हुनु आफैमा गौरवको विषय भएको बताएका थिए ।
प्रतियोगितामा सहभागी ३० देशका ३५ जना प्रतिस्प्रर्धीलाई उछिन्दै सर्वोत्कृष्ट भएर बुटवलका विधान गहतराजले जुनियर मोडलको उपाधि चुमेका थिए । उपाधिसँगै उनले एक वर्षका लागि अन्तर्राष्ट्रिय मोडलिङ्ग कन्ट्याक्ट, गिफट ह्याम्पर हात पारेका छन् । यसैगरि अंकुश श्रेष्ठ प्रतियोगितामा फष्ट रनर अफ, रुचि केसी कन्जुन्यालिटि, नुतन राना बेष्ट पर्सनालिटि, याना राना मिस जुनियर ब्युटिफुल विद्यामा पुरस्कृत भएका हुन । प्रतियोगितामा भारत, दुबई, मंगोल, युक्रेन, साउथ अफ्रिका, हंगकंग, बंगलादेश, श्रीलंका लगायत ३० देशका सहभागि बालबालिकाहरूले प्रतियोगिताको विभिन्न राउण्डमा आफनो प्रतिभा प्रस्तुत गरेका थिए ।
प्रतियोगिताको ट्यालेन्ट राउण्ड, कल्चर शोमा नेपाली बालबालिकाहरू उत्कृष्ट प्रस्तुति दिन सफल भएका थिए । गहतराजले ट्यालेन्ट राउण्डमा नेपाली गीत गाएका थिए भने बालबालिकाको टिमले नेपाली पोशाकमा सजिएर नेपाल र बुद्ध जन्मबारेमा परिचय दिने गरि प्रस्तुति दिएका थिए ।
सेन्टर प्लानर एण्ड फेशन रनवे ईन्टरनेशनल मोडलिङ्ग ट्यालेन्ट एजेन्सीको आयोजनामा अक्टुबर १ देखि अक्टुबर ६ सम्म दुबईको जुमेरामा भएको प्रतियोगितामा सहभागिताबाट अवसर पाए नेपाली बालबालिकाहरूले अन्तर्राष्ट्रिय मञ्चमा उत्कृष्ट हुने प्रमाण पेश गरेको ड्रिम ईभेन्ट्स एण्ड ईन्टरटेन्मेनका अध्यक्ष प्रकाश मगरले बताए । रूपन्देहीबाट सहभागी भएर पहिलो पल्ट अन्तर्राष्ट्रिय मञ्चमा टाईटल जित्न पाउँदा निक्कै खुशी लागेको र यसले बच्चाहरूको कन्फिडेन्स बढेको उनले दाबी समेत गरे । बालबालिकाहरूमा रहेको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउँदै अन्तर्राष्ट्रिय मञ्चसम्म पु¥याउने उद्देश्यले प्रत्येक वर्ष विभिन्न देशहरूमा कार्यक्रम गरिँदै आएको छ ।
जुनियर आईकनको प्रतिस्प्रर्धामा १४ जनामध्येबाट गहतराज विजेता बन्दै अन्तर्राष्ट्रिय मञ्चसम्म पुगेका हुन् । बालबालिकाहरूलाई कन्फिडेन्ड बिल्ड अप, सेल्फ कन्फिडेन्ड, मोटिभेसनल, न्युटिसियन, पर्सनालिटि डेभलोममेन्ट, डान्सिङ्ग, सिगिङ्ग, म्युजिक, पब्लिक स्पीकिङ्ग, डविङ्ग, ¥याम्प वाक लगायत २५ दिनसम्म कक्षाहरू दिएर आयोजक ड्रिम ईभेन्ट्स एण्ड ईन्टरटेन्मेनले क्षमता विकास गराएको थियो ।à