© २०२३
– बुटवल लगायत देशका विभिन्न स्थानमा रहेको ग्यालेक्सी क्याफेले बुटवलमा स्थापनाको पहिलो बार्षिकोत्सव मनाएको छ ।
बुटवलमा बिहीवार एक कार्यक्रमको आयोजना गरी बार्षिकोत्सव मनाइएको हो । कार्यक्रममा बोल्दै होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रूपन्देहीका अध्यक्ष समुद्र जिसीले बुटवल क्षेत्रका होटल तथा रेष्टुरेन्टहरू २४ सै घण्टा खोल्नुपर्ने माग गरेका थिए । ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी डिल बहादुर मल्लले शान्ती सुरक्षा अमनचयनमा होटल तथा रेष्टुरेन्टको विशेष भूमिका हुने भन्दै यसमा सदैज सजग हुनको लागि आग्रह गरेका थिए । ग्यालेक्सी क्याफेका सञ्चालक निलकण्ड अधिकारीले साढे २ करोड रूपैयाँ लगानी र ४० जनालाई रोजगारी दिएको जानकारी दिए । बुटवलका रेष्टुरेन्ट रहेको ग्यालेक्सी क्याफेको भैरहवामा पनि शाखा खोल्ने तयारी भैरहेको जनाइएको छ । वि.सं. २०७२ सालमा धनगढीमा क्याफे सञ्चालन गरिएकोमा वि. सं. २०७३ मा टिकापुर कैलालीमा, २०७४ मा बुटवलमा, २०७४ मै टिकापुरमा होटल समेत सञ्चालन रहेको छ । यस्तै अव निकट भविश्यमा भैरहवामा पनि शाखा खोल्ने तयारी गरिएको सञ्चालक अधिकारीले जानकारी दिए ।