© २०२३
मिस नेपाल आयोजक संस्था हेडर ट्रिजरको सहकार्यमा बुटवलमा पहिलो पटक मिस नेपाल बुटवल आयोजनाको तयारी गरिएको छ । विगत २४ वर्षदेखि नेपालमा मिस नेपाल आयोजना गर्दै आएको हेडर ट्रिजरको सहकार्यमा द नेक्सट रेभुलेसन नेपालको आयोजनामा ‘मिस बुटवल नेपाल ‘२०१८’ हुन लागेको हो ।
बुधबार द नेक्स रेभुलेसन नेपालले बुटवलमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको फर्म सार्वजनिक गरेको हो । सोही अवसरमा सौन्दर्य प्रतियोगिता प्रतिको नकारात्मक भ्रमहरूलाई चिर्दै समाजका उदाहरणहरू उत्पादन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरीएको द नेक्ष्ट रेभुलेसन नेपालका प्रबन्ध निर्देशक राजीव खनालले जानकारी दिए । विजेताले द हिडेन ट्रेजर नेपालले सञ्चालन गर्ने मिस नेपालमा सिधै प्रतिस्प्रर्धा गर्न पाउने हिडेन ट्रेजर नेपालका संस्थापक तथा पूर्व अध्यक्ष सुवर्ण क्षेत्रीले बताए । फर्म सार्वजनिक गर्दै द नेक्स रेभुलेसन नेपालका म्यानेजिङ डाईरेक्टर राजिव खनालले मंसिर २ गते बाट कलेज भ्रमण, मंसिर ८÷९ मा अडिसन र त्यसपछि फाईनल २५ प्रतिस्पर्धीलाई तलिमको लागि छनोट गर्ने बताए ।
मिस नेपालका प्रशिक्षक महेश दाहाल, पूर्व मिस नेपालकी जज तथा गाईनोकोलोजिस्ट ज्योति राना, मिस नेपालकी कोरीयोग्राफर रचना गुरुङ, महिला अधिकारकर्मी तथा महिला युवा प्रशिक्षक उषा मल्ल सिंह, युथ स्पीकर रोहीत मल्ल लगायतका प्रशिक्षकहरूले प्रशिक्षण प्रदान गर्ने आयोजकले जानकारी दिएको छ । करिब १ महिना चल्ने कार्यक्रमको खर्च करिब ३० लाख लाग्ने आयोजकले जानकारी दिएको छ ।
कार्यक्रमको फाईनल पुस ७ गते गर्ने तयारी भइरहेको छ । कार्यक्रमको सञ्चालन रेभुलेसनकी सुरक्षा चापागाईंले गरेकी थिइन् । प्रतियोगितामा १९ देखि २५ वर्ष उमेर समूहका नारीहरूले प्रतिस्पर्धा गर्ने छन् ।