© २०२३
राष्ट्रिय स्तरको राईनो संरक्षण गोल्डकप फुटबल प्रतीयोगीता २०७५ को तयारी पुरा भएको छ । नवलपरासी जिल्ला वर्दघाट सुस्ता पूर्व नवलपुरको मध्यविन्दु नगरपालिका–२ कोल्हुवा स्थीत राईनो कपको खेल मैदानमा काक्तीक १५ गते बिहीबार देखि सुरु हुने प्रतीयोगीताको सम्पूर्ण तयारी पुरा भएको नन्दभाउजु उपभोक्ता समितिका अध्यक्ष दोमन बहादुर भण्डारीले जानकारी दिए ।
एक सिंगे गैडा संरक्षणको लागि विगत १५ वर्ष अघिबाट संचालीत खेलकुदको माध्यमबाट अनुशासित, मर्यादित, सृजनशिल, कर्तव्यनिष्ठ तथा स्वस्थ यूवा शक्ति एवं प्रतिभावान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू उत्पादन गर्ने लगायतको उद्देश्य रहेको छ ।
खेलको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्रि पृथ्वी सुब्बा गुरुङ्गबाट गरीने भएको छ भने आयोजक नवलपरासी ११ र लिली रूपन्देही ११ बीच उद्घाटन खेल हुने आयोजकले जनाइएको छ । देश भरीका उत्कृष्ट ए डिभिजनका १२ टिमको सहभागीता रहेको छ । त्यस्तै पहिलो चरणका अन्य खेलहरूमा कार्तिक १६ गते एनआरटी र सरस्वती क्लब, कार्तिक १७ गते वीरगञ्ज युथ एकेडेमी र पोखरा ११ बीच, कात्तिक १८ गते च्याशल युवा क्लब र डिभाइन ब्वाइज युनियन काठमाडौँबीच, कात्तिक १९ गते पुलिस र संकटाबीच र कात्तिक २६ गते अर्मेड पुलिस फोर्स र मनाङ मस्र्याङ्गदी युवा क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएको छ ।
त्यस्तै दोस्रो चरणको खेल कात्तिक २० गतेबाट सुरु हुने र फाइनल खेल कात्तिक २९ गते हुने बताइएको छ । खेलमा प्रथम हुने टिमलाई नगद रु. ४ लाख ९९ हजार ५ सय ५५ र दोस्रो हुने टिमलाई नगद रु. २ लाख ५५ हजार ५ सय ५५ रूपैयाँको व्यवस्था गरिएको छ । साथै खेलको उत्कृष्ट खेलाडीलाई नगद रु. ५ हजार, प्रतियोगीता भरको उत्कृष्ट खेलाडिलाई नगद रु. १० हजार र सर्वाधिक गोलकर्तालाई नगद रु १० हजार साथमा प्रमाण पत्र, शिल्ड र टिम एलायन्स बापत प्रति खेल रु. ३ हजारको दरले प्राप्त गर्ने छन् ।