© २०२३
बुटवल,१९ माघ । गृह मन्त्रालयबारे निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री र एमाले अध्यक्षलाई २ दिनको समय दिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको आज वैठक बस्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछानेलाई फोन गरेर २ दिनको समय मागेकाले २ दिन पर्खने निर्णय गरेको हो ।
नागरिकता प्रकरणमा रवि लामिछानेले उपप्रधानमन्त्री तथा गृहमन्त्री पद गुमाएपछि नेपाली नागरिकता लिएका लामिछानेले पुनः गृह मन्त्रालय पाउनुपर्ने भन्दै प्रधानमन्त्री र ओलीलाई पटक पटक भेटेका थिए । तर प्रधानमन्त्रीले रविलाई गृह मन्त्रालय दिन अस्वीकार गरेका थिए ।