ट्रेंडिंग:

>> धरहरावाट प्रधानमन्त्रीले सार्बजनिक गरेर एनपीएलको ट्रफी >> बायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना >> लुम्बिनीमा हवाइ सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड >> धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी >> अमेरिकाले फिर्ता गरयो भारतका १४०० कलाकृति, मुल्य १० मिलियन डलर भन्दा बढी >> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान

रगत परीक्षणमा चरम लापरवाही, एउटै व्यक्तिको दुईथरी रिपोर्ट

बिरामीको स्वास्थ्य अवस्था बारेमा जानकारी गराउने काम मेडिकल रिपोर्टले गर्ने गर्छ, रिपोर्टको आधारमा नै डाक्टरले बिरामीको उपचार कसरी गर्ने भन्ने निधो गर्ने हो । यस्तो अवस्थामा गलत रिपोर्ट डाक्टरको हातमा परे उपचार पनि गलत हुने र बिरामीको जीउज्यान तलमाथि हुने अवस्था आउँछ ।
१७ माघ २०७९, मंगलवार
१७ माघ २०७९, मंगलवार

दाङ, १६ माघ ।

दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको चरम लापरवाहीका कारण एक जना गर्भवती सेवाग्राही मर्कामा परेकी छन् । घोराही उपमहानगरपालिका वडा नम्बर ९ अस्पाराकी गर्भवती महिलाको सुत्केरी हुने दिन नजिकिएका बेला प्रतिष्ठानका डा. वसन्त लामिछानेले गरेको सिफारिसमा माघ १० गते गरिएको परीक्षणमा उनको रक्त समूह बी पोजिटिभ आयो ।

उक्त दिन ३ बजेर १५ मिनेटमा संकलन गरिएको नमूनाको परीक्षण रिपोर्ट सोही दिन ४ बजेर २६ मिनेटमा निकालिएकोमा रक्त समूह बी पोजिटिभ उल्लेख छ । उनले गर्भवती भएपछि चिकित्सकको निगरानीमा रहँदै स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिने काम गर्दै आएकी थिइन् । प्रतिष्ठानको मात्रै भर नपरेर उनले निजी क्लिनिक शिव पोलिक्लिनिकमा पनि डाक्टरसँग परामर्शदेखि परीक्षण गराउने काम गर्दै आएकी थिइन् ।

गत असोज २६ गते उनले शिव पोलिक्लिनिकमा स्वास्थ्य परीक्षणसँगै रक्त समूह पहिचानका लागि रगत नमूना दिएकोमा त्यो बेलामा उनको रगत समूह ओ पोजिटिभ आएको थियो । सुत्केरी हुने दिन नजिकिएसँगै स्वास्थ्य अवस्था र रक्त समूहको बारेमा थाहा पाउन डा. लामिछानेले रगतको नमूना लिएपछि प्रतिष्ठानको ल्यावमा गरिएको परीक्षणमा रगत समूह बी पोजिटिभ रहेको भनी रिपोर्ट थमाईयो । गर्भवती ती महिलाको सुत्केरी हुने दिन माघ २० गते तोकिएको छ ।

श्रीमतीको सुत्केरी हुनेदिन नजिकिएका बेला आवश्यक पर्ने रगतको जोहोसहित अरु व्यवस्था गर्नुपर्ने भएपछि उनका श्रीमानले रिपोर्ट नियालेपछि उनको रगत समूह बी पोजिटिभ की ओ पोजिटिभ भन्ने अन्योल भयो । “असोजमा शिव पोलिक्लिनिकले दिएको रिपोर्टमा बी पोजिटिभ छ, माघ १० गतेको प्रतिष्ठानले दिएको रिपोर्टमा ओ पाजिटिभ छ, अब एकै व्यक्तिको दुई वटा समूहको रगत कसरी भयो भन्ने अन्यौलताले झनै तनाव भएको छ”–उनका श्रीमानले भने ।

‘माघको २० गते डेलिभरी हुने मिति तोकेको छ, श्रीमतीको अन्तिम जाँच गराउँदा प्रतिष्ठानले बी पोजिटिभ रिपोर्ट दियो । जवकी शिव पोलिक्लिनिकमा ओ पोजिटिभको रिपोर्ट आएको थियो’, उनले भने ‘मेडिकलमा डा. रमेश यादवलाई देखाउँदा असोज २६ गते ओ पोजिटभ रिपोर्ट थियो ।’

जनस्वास्थ्यका दृष्टिकोणले मानव स्वास्थ्यमाथि यति सम्मको लापरवाही भएको भन्दै ती महिलाका श्रीमानले आक्रोश पोखेपछि प्रतिष्ठानमा कार्यरत एक कर्मचारीले रगत समूह दुई थरी आएको भए दुवै समूहको रगतको जोहो गर्न सुझाएको उनको भनाई छ । ‘पहिले कुन रगत समूह हो त्यो किटान नगरी दुईथरी रगत जोहो गर्नुस् भन्ने कतिसम्मको गैरजिम्मेवार बोली हो’, उनले भने, ‘मान्छेको स्वास्थ्य जस्तो कुरामा पनि खेलवाड गर्न मिल्छ र ?’

आफुहरुले पहिले निजी मेडिकलमा रगत समूहको बारेमा परीक्षण नगराएको भए सुत्केरी श्रीमतीको शरीरमा फरक रगत चढाउनुपर्ने अवस्था आउने निश्चित रहेको उनको भनाई छ । ‘रगत समूहका बारेमा पहिले रिपोर्ट नबनाएको भए श्रीमतीको जीउज्यान जे पनि हुन सक्ने अवस्था थियो’, उनले भने, ‘यो साह्रै तनाव दिने काम भयो । पहिलो पटक प्रतिष्ठानमा रगत परीक्षण गरेको भए के हुन्थ्यो, हामीले रजिस्टर हेर्ने होईन, रिपोर्ट हेर्ने हो । यस्ता आलोकाँचो काम गरेर जनस्वास्थ्यमा खेलवाड गर्ने काम भयो । अब कसको विश्वास गर्नु र खै ?’ उनको गुनासो छ ।

सेवाग्राहीको गुनासोपछि प्रतिष्ठानले गर्भवती महिलाको रगत समूह पुनः परीक्षण गरेर जानकारी गराउने बताएपछि माघ १५ गते पुनः रगत समूह परीक्षण गरी ओ पोजिटिभ रक्त समूह भएको पुष्टि भयो । ५ दिनपछि गरिएको परीक्षण रिपोर्टमा अरु सबै कुरा माघ १० गतेकै उल्लेख गरी रक्त समूह ओ पोजिटिभ भएको उल्लेख गरेको छ ।

‘रिपोर्ट हेर्न र पढ्न सक्ने म जस्ता सेवाग्राहीले त बेलैमा थाहा पाएर गुनासो गरेपछि जानकारी भयो तर गाउँघरका सोझासाझा जनताले यस्तो अवस्था नभोगेका होलान् भन्न सक्ने अवस्था छैन’, उनले भने, ‘मेरै श्रीमतीको हकमा पनि अरु ठाउँमा परीक्षण नगराएर पहिलो पटक प्रतिष्ठानमा रक्त समूह परीक्षण गराएको भए त बर्बाद नै हुने रहेछ ।’

बिरामीको स्वास्थ्य अवस्था बारेमा जानकारी गराउने काम मेडिकल रिपोर्टले गर्ने गर्छ, रिपोर्टको आधारमा नै डाक्टरले बिरामीको उपचार कसरी गर्ने भन्ने निधो गर्ने हो । यस्तो अवस्थामा गलत रिपोर्ट डाक्टरको हातमा परे उपचार पनि गलत हुने र बिरामीको जीउज्यान तलमाथि हुने अवस्था आउँछ ।

घटनाको विषयमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले चासो लिएको छ । एकै व्यक्तिको दुई वटा रक्त समूह कसरी भयो भन्ने जनचासो बढेपछि आइतबार प्रतिष्ठान पदाधिकारीहरुको आकस्मिक बैठकले रिपोर्ट तयार पार्दा गम्भीर त्रुटी भएको ठहर गरेको छ । ‘फाईलमा सही लेखिएको रहेछ तर रिपोर्टमा उतार्दा गलत लेखेर दिईएछ, यो गम्भीर त्रुटी हो, यो विषयमा हामीले समीक्षा गरिसकेका छौँ’, प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले भने, ‘बिरामीले अनाहकमा पाएको दुःख त छँदैछ, यस प्रकारको गलत कामले संस्थागत काममा पनि असर गर्छ भन्नेमा हामी गम्भीर भएका छौँ ।’

उनका अनुसार आइतबार बसेको प्रतिष्ठानको आकस्मिक बैठकले विभागीय अवस्थाको बारेमा जानकारी लिँदै आवश्यक कारवाही अघि बढाएको छ । ‘यस प्रकारको गल्तीले हुन सक्ने जोखिमलाई कसैले पनि सामान्य रुपमा लिन सक्दैन, यो गम्भीर अपराधका रुपमा लिएका छौँ’, उनले भने, ‘घटनाले बिरामीमा परेको असरप्रति हामी क्षमा चाहन्छौँ, आगामी दिनमा यस्ता कमी कमजोरी हुन नदिन संयमित भएका छौँ ।’

प्रतिष्ठानको सेवाका विषयमा यसअघि पनि विभिन्न ढंगले गुनासो आउने गरेको छ । सेवाग्राहीले आफुहरुले अनावश्यक दुःख पाएको भन्दै सहज र स्तरीय स्वास्थ्य सेवाका लागि आएको भएपनि विभिन्न बहानामा दुःख मात्रै दिएको बताउने गरेका छन् । २०७४ सालमा तत्कालीन राप्ती उपक्षेत्रीय अस्पतालको ठाउँमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने मन्त्रिपरिषदको निर्णय पश्चात अघि बढेको स्वास्थ्य सेवाको काममा अझै पनि धेरै काम हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?