© २०२३
कपिलवस्तु सदरमुकाम तौलिहवामा महिला र पुरुषका लागी लक्षित गरि सुबिधा सम्पन्न व्यायाम केन्द्र (फिटनेश क्लब) सञ्चालन गरिएको छ ।
एक कार्यक्रमका बिच प्रतिनिधिसभाका साँसद बृजेश कुमार गुप्ताले कपिलवस्तु नगरपालिका–१ पुरानो हाट बजार स्थित एके फिटनेशस एण्ड जिम क्लबको उद्घाटन गरेका हुन । सो अवसरमा व्याम केन्द्रका सञ्चालक अमरदिप कसौधनले पुरुष र महिलालाई व्यायाम मार्फत स्वास्थ्य रहनका लागी सुबिधा सम्पन्न फिटनेश केन्द्र सञ्चालन गरेको जनाए ।
केन्द्रमा प्रत्यक पटकमा ३५ पुरुषले स्पोर्ट, सोल्डर मेसिन, ट्रेड मिल, लेग मेसिन, चेस प्रेस, स्मिथ मेसिन र टुईस्टर गरि कुल १७ वटा व्यायाम सामाग्री प्रयोग गरि व्यायाम गर्न सक्ने बताए । त्यसैगरि प्रत्यक पटकमा ३० महिलाले स्पोर्ट मेसिन, ट्रेड मिल, टुईस्टर, कार्डियो मेसिन र जुम्माको प्रयोग गरि व्यायाम गर्न सक्ने कसौधनले जानकारी दिए ।
“नागरिकस्तरमा स्वास्थ्य प्रतिको संबेदनशिलता बढदै गर्दा व्यायाम गरि स्वस्थ्य रहनका लागी केन्द्र सञ्चालन गरेको छु ।” उनले भने । पछिल्लो समय बडिबिल्डिङ्गमा जिल्लाको उपस्थिति राम्रो भए पनि फिटनेश केन्द्रको अभावमा खेलाडीले व्यायाम गर्न नपाउने समस्याको हल भएको बडिबिल्डिङ्गमा पुरस्कार जित्दै आएका खेलाडी सुरेन्द्र प्रसाद बर्माले बताए ।
सदरमुकाममा खुलेको सुबिधा सम्पन्न फिटनेश केन्द्रका कारण युवाहरूमा स्वास्थ्य प्रतिको संवेदनशिलता बृद्धिमा सहयोग पुग्ने प्रतिनिधिसभाका साँसद बृजेश कुमार गुप्ताले बताए । “मानसिक र शारिरीक स्वास्थ्यलाई प्रबद्र्धन गर्न आवश्यक पर्ने व्यायाम गर्नका लागि केन्द्र सञ्चालनमा ल्याउनु सहनिय छ,” उनले भने ।