ट्रेंडिंग:

>> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन

समिक्षा घटनाको अनुसन्धान भएको छ ः मन्त्रि केसी

२७ असार २०७५, बुधबार
२७ असार २०७५, बुधबार

बुटवल । प्रदेश नं ५ का आन्तरीक मामिला तथा कानून मन्त्री कुल प्रसाद केसीले रुपन्देही रुद्रपूरकी वालिका समिक्षा ठकुरीको रहस्यमय मृत्युको घटनालाई प्रदेश सरकारले महत्वका साथ अनुसन्धान गरिरहेको बताएका छन् ।
मंगलबार बसेको प्रदेश नं ५ को प्रदेश सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिदै मन्त्री केसीले समिक्षा मृत्युको घटनाको अनुसन्धान गर्न स्थानीय प्रहरी कार्यालय भन्दा एक तह माथिको निकायले छानबीन गरिरहेको जानकारी गराए ।
सोमबार बसेको प्रदेश सभा बैठकको शुन्य समयमा बोल्दै महिला सांसदहरुले १६ वर्षिया किशोरी समीक्षा ठकुरीको रहस्यमय मृत्यु घटनाको बारेमा सत्य तथ्य पत्ता लगाएर दोषिलाई कार्वाही गर्न माग गरेका थिए ।
समीक्षा ठकुरीको रहस्यमय मृत्यु महिला हिंसाको चरम उत्कर्षको उदाहरण भएको भन्दै सांसदहरुले महिला हिंसा घटनाका मुद्धा सहज रुपमा दर्ता समेत नहुने गरेको भन्दै त्यस्ता मुद्धा सहज रुपमा दर्ता गर्ने व्यवस्था मिलाउन समेत प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए ।
मंगलबारको बैठकमा सांसदहरुले कार्य व्यवस्था परामर्श समितिले निर्णय गरे बमोजिम सदन सञ्चालन गर्न माग गरेका छन् ।
प्रदेश सांसद रमा अर्याल र तारा जिसी ले कार्य व्यवस्था समितिले एउटा निर्णय गर्ने तर संसदमा अर्कै विषयमा छलफल हुने गरेको भन्दै कार्य व्यवस्था परामर्श समितिले तय गरे बमोजिम सदन सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
त्यसैगरी मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै नवलपरासीका सांसद बैजनाथ कलवारले गौतम बुद्धको मावली स्थल रुपन्देहीको देवदह नभएर नवलपरासीको रामग्राम स्थित पण्डीतपुर भएको दाबी गरे ।
गौतम बुद्धको मावली स्थल इसा पुर्व ५०० बर्ष अगाडी कोलीय राजाद्धारा निर्मीत रामग्राम स्तुप रहेको स्थान भएको विभिन्न सोध र अनुसन्धानले देखाएको दाबी गर्दै सांसद कलवारले विभिन्न समयमा भएका उत्खनन् र अनुसन्धान प्रतिवेदन समेत प्रदेश सभालाई हस्तान्तरण गरे ।
प्रदेश सभाको मंगलबारको बैठकमा यस अघिको बैठमा सांसदहरुले उठाएका प्रश्नहरुको भौतिक पुर्वाधार तथा विकास मन्त्री बैजनाथ चौधरी,उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले जवाफ दिएका थिए ।प्रदेश सभामा प्रदेशका मुख्य न्यायधिवक्ताको काम, कर्तव्य र अधिकार तथा अन्य सेवा र सर्तहरुको बारेमा व्यवस्थागर्न बनेको विधेयक र प्रदेश लोक सेवा आयोगको काम कर्तव्य र अधिकार सम्बन्धी विधेयकमाथी शैद्धान्तिक छलफल भएको थियो । बैठकमा सांसदहरु चेतनारायण अर्याल,तुलाराम घर्ती मगर,सहषराम यादव छलफलमा सहभागि भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?