ट्रेंडिंग:

>> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

नवसमाजवादी पार्टी नयाँ शक्तिमा समायोजन

११ कार्तिक २०७५, आईतवार
११ कार्तिक २०७५, आईतवार

नव समाजवादी पार्टीको प्रदेश ५ का जिल्ला समितिहरू नयाँ शक्ति पार्टीमा समायोजन भएका छन् । शनिबार बुटवलमा पत्रकार सम्मेलन गरी नवसमाजवादी पार्टीका प्रदेश ५ संयोजक चेतनारायण पन्थीले वैकल्पिक विचारसहित आर्थिक विकास, समृद्धि, सुशासन र सदाचारको पक्षमा स्पष्ट भिजन भएकाले नयां शक्ति पार्टीमा प्रवेश गरेको बताए । प्रदेश ५ का १२ मध्ये ८ जिल्लाका अध्यक्षसहित सिंगो जिल्ला समिति नयां शक्तिमा समायोजन भएका र रोल्पा, रुकुम, बर्दिया र दांग जिल्ला समिति पनि छिटै समायोजन हुने प्रकृयामा रहेको संयोजक पन्थीले बताए । पार्टीको केन्द्रीय नेतृत्व र नयाँ शक्ति पार्टीबीच विगतदेखि नै एकताको निम्ति छलफल चल्दै आएपनि केन्द्रीय नेतृत्वको व्यक्तिवादी र पुरानै सोंचका कारण एकता हुन नसकेकाले प्रदेशमा समायोजन गरिएको पन्थीले बताए ।

पार्टी समायोजन कार्यक्रममा बोल्दै नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय सचिवालय सदस्य नवराज सुवेदीले दुई तिहाई वहुमतको सरकार अकर्मण्य भएको बताए । सरकार गठन हुंदा जनतामा ठूलो अपेक्षा र आशा रहेपनि प्रतिवद्धता र घोषणापत्र अनुसारको काम नगर्दा जनतामा निराशा छाइसकेको बताए ।
पछिल्लो ३ महिनामा सरकारले ५ प्रतिशत मात्र विकास वजेट खर्च गरेको हिसाबले वर्षभरिमा २० प्रतिशत भन्दा बढी वजेट खर्च गर्न नसक्ने अवस्था देखिएको नेता सुवेदीले बताए । संघीय सरकारले प्रदेशलाई न्यूनतम आवश्यक कर्मचारी पनि नदिएको र निर्माणमा पनि ढिलाई गरेर संघीयता कार्यान्वयनमा इमान्दार नदेखिएको नेता सुवेदीले बताए ।
अधिकार जति केन्द्रमै मुठ्यार राखेपछि कसरी संघीयता सफल हुन्छ ? सुवेदीले प्रश्न गर्दै भने संघीयताको मर्म भनेको अधिकार तलसम्म बांड्ने हो । निर्मला पन्त बलात्कार र हत्या,सुन तस्करी लगायतका घटनाबाट सरकारले अपराधी र भ्रष्टलाई जोगाउन खोजेको पुष्टी भएको आरोप लगाए । वर्तमान सरकारबाट सुशासन,विकास र समृद्धि सम्भव नभएको दावी गर्दै उनले अर्को चुनावमा वैकल्पिक शक्ति उदाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?