© २०२३
बुटवल र म्याग्दीको परम्परागत व्यापारलाई नयाँ ढंगले अघि बढाउनु पर्नेमा दुबै ठाउँका उद्योगी व्यवसायीहरूले जोड दिएका छन्् ।
म्याग्दी उद्योग वाणिज्य संघको नेतृत्वमा बुटवलमा आएको उद्योगी व्यवसायी र जनप्रतिनिधिहरू तथा बुटवलका उद्योगी व्यवसायीहरू बीच शनिबार बुटवलमा भएको छलफल तथा अन्तक्र्रियाका सहभागीहरूले अहिलेको परिवर्तित अवस्थामा पनि बुटवल र म्याग्दीको व्यापारलाई जोडेर अघि बढ्न सकिने बताएका हुन् ।
टोलीलाई स्वागत गर्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिम बहादुर हमालले परम्परागत सम्बन्धलाई अहिलेको परिस्थितिमा दुबै स्थानका व्यवसायीहरूले एक अर्को स्थानमा लगानी गरेर निरन्तरता दिन सकिने बताए ।
म्याग्दीका अध्यक्ष उत्तम कुमार कर्माचार्यले म्याग्दी भ्रमण वर्ष २०७५ लाई सफल बनाउन बुटवलका व्यवसायीहरू म्याग्दी गएर सहयोग पु¥याउन आग्रह गरे । उनले बुटवल नुन र मट्टितेल लिन पहिला म्याग्दीबासी बुटवल आउने गरेको उल्लेख गर्दै अहिले पर्यटनमा अघि बढदै गरेको म्याग्दीमा पर्यटन क्षेत्रमा लगानी गरे बुटवलका व्यवसायीले राम्रो लाभ लिन सक्ने बताए ।
बुटवल उद्योग वाणिज्य संघका पुर्वअध्यक्ष जीवन प्रसाद वझाले कालिगण्डकी कोरीडोरको निर्माण पुरा भएपछि यो क्षेत्रले भारत र चीनसंगको व्यापारबाट ठूलो लाभ लिन सक्ने बताए । उनले म्याग्दीका पर्यटकीय क्षेत्रको भारतीय बजारमा पनि प्रचार गर्नुपर्नेमा जोड दिए ।
म्याग्दीको मंगला गाउँपालिकाकी उपाध्यक्ष श्रृजना केसीले उद्योग वाणिज्य संघ र स्थानीय तह मिलेर म्याग्दीलाई नमुना पर्यटकीय क्षेत्र बनाउने अभियानमा लागेको बताइन । कार्यक्रममा म्याग्दीका पूर्वअध्यक्ष सुदर्शन कुमार श्रेष्ठ र सुर्य प्रसाद मरासीनी, बुटवलका बरिष्ठ उपाध्यक्ष उज्ज्वल कसजू, महासचिव दिनेश प्रसाद श्रेष्ठ, सदस्य शुक्र बस्याल लगायतले दुई स्थानको व्यापार र पर्यटन बिकासका सम्बन्धमा चर्चा गरेका थिए ।à