© २०२३
देविनगरस्थित नेपाल अपाङ्ग आश्रमलाई बुटवल फर्निचर उद्योग संघले खाद्यान्न, कपडा तथा फर्निचर सामग्रीहरू सहयोग गरेको छ ।
शनिबार एक कार्यक्रमका बीच आश्रममा रहेका बालबालिकाहरूलाई उपयोगी हुने गरि खाद्यान्न, १० थान कम्बल, ३ थान कपडा ह्याङ्गगर, ३ थान अफिस टेबिलहरू, २ थान कुर्चि आश्रमका अध्यक्ष डोल बहादुर रामदामलाई वितरण गरिएको हो । संघले वार्षिक कार्ययोजना अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न रचनात्मक कामहरू गर्दै आएको छ । आश्रमको आवश्यकतालाई मध्येनजर गरेर सामग्रीहरू वितरण गरिएको संघका अध्यक्ष विष्णु प्रसाद पाण्डेले बताए । कार्यक्रममा आश्रमका अध्यक्ष डोल बहादुर रामदामले विभिन्न संघसंस्थाहरूले दैनिकजसो सहयोग सामग्री वितरण हुँदा आश्रम संचालन सहज भएको बताए । घरपरिवार विहीन भएर समाजमा हेयमा परेका बालबालिकाहरूलाई आश्रम दिने काममा धेरै समस्याहरू भएको भन्दै उनले संघसंस्थाहरूको सहयोग उदाहरणीय भएको बताए । नेपाल फर्निसिङ्ग तथा फर्निचर ब्यवसायी महासंघका प्रथम उपाध्यक्ष सूर्य प्रसाद शर्मा सुवेदीले आश्रितहरूको तथ्याक ब्यवस्थित गर्न सुझाव दिए ।
संघका पुर्वअध्यक्ष विष्णु कुमार श्रेष्ठ, बोनिन पिया, महासचिव जिवकान्त काफले, सचिव नेत्र रुचालले मानसिक रूपमा बलियो हुन सके अपाङ्गता भएकाहरूले सफलता हात पार्न सकिने भन्दै मानसिक रूपमा बलियो बन्न सुझाव दिए । सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गर्दै आएको बताए ।
अपाङ्गता भएकाहरूलाई सेवासँगै शिक्षा र रोजगारको समेत खाँचो रहेको बताए । आश्रममा भएको सहयोग सामग्रीहरूको ब्यवस्थापन मुख्य चुनौती रहेको बताए । आश्रयसँगै रोजगार दिनसके उनिहरू आत्मनिर्भर बन्ने समेत उनले बताए । आश्रममा १४ जना महिला र १६ जना पुरुषहरू गरि ३० जना आश्रय लिइरहेको छन् ।
à