© २०२३
कालिका कृषि सहकारी संस्था लिको दोस्रो अधिवेशन तथा चौथो साधारणसभा सम्पन्न भएको छ । अधिवेशनले दिपक उप्रेतीको अध्यक्षतामा आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको छ ।
जसको उपाध्यक्षमा लक्ष्मी गजमेर, सचिवमा प्रकास गौतम, कोषाध्यक्षमा सम्झना खाती चयन भएका छन् । त्यसै गरी सदस्यहरूमा लक्ष्मी पाण्डे, सुनिता पौडेल, माया थापा लगायत रहेका छन् । अधिवेशनले यमकला भण्डारीको संयोजकत्वमा तीन सदस्य लेखा समिति चयन गरेको छ ।
कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष दिपक उप्रेतीले सहकारी संस्थालाई सबल बनाउन सबै सहकारीकर्मीको साथ र सहयोग आवश्यक पर्ने बताए ।