© २०२३
जिससले खानी क्षेत्रमा अनुगमन गर्न पुग्दा तस्करको भागाभाग मच्चेको छ । बिहीवार प्रतापपुर गाउँपालिका र सुस्ता गाउँपालिका क्षेत्र भित्र पर्ने गिट्टि बालुवा खानी क्षेत्रको स्थलगत अनुगमन गर्न जिसस प्रमुख शिव शंकर राय सहितको टोली पुगे पछि ट्रक र टेक्टरमा लोड गर्दै गरेका तस्करहरूमा भागाभाग चलेको हो ।
टेक्टर लिएर सजिलै भागि पनि ट्रकमा लोड गर्दै गरेको बालुवा सहितको ट्रक बरामद भएको जिसस प्रमुख रायले बताए । समाचारमा पढिएको थियो, खानीमा तस्करको मनोमानी त्यो आफ्नै आँखाले देखियो, प्रमुख रायले भने, पछि प्रहरीलाई बोलाएर ना.४ ख २८४५ नम्बरको ट्रक जिम्मा लगाइयो । खानी क्षेत्रको अनुगमन गर्नु भन्दा पनि प्रतापपुर गाउँपालिकाले सोही खानी क्षेत्रलाई चोर्निया माई घोलबाट गिट्टि बालुवा निकासी गर्नका लागि वातावरण प्रभाव मुल्याँकन गराएर निकासी अनुमति मागे पछि सो को अनुगमनका लागि सो क्षेत्रमा पुग्दा घोल भन्दा खानी क्षेत्र रहेको थाहा पाइएको उनले बताए ।
खानीमा तस्करको मनोमानी त देखियो नै, गाउपालिकाले समेत घोलको बहानामा त्यसै खानीमा आँखा लागएको देखिएको छ । झण्डै २० अबै बराबरको खानी क्षेत्रलाई गाउँपालिकाले घोलबाट निकासी गराउनका लागि अनुमति लिन खोजेको जस्तो देखियो,प्रमुख रायले भने, खानी क्षेत्र हो,यसमा खानी विभागको अनुमति पनि आवश्यक पर्न सक्छ,तर यसको गाउँपालिकाले समेत दुरूपयोग गर्न खोजेको जस्तो पनि भेटिएको छ ।
गण्डक (नारायणी) नदीसंग जोडिएको सुस्ता र प्रतापपुर गाउपालिकाको सिमानामा फैलिएको २० अर्ब मूल्य बराबरको गिट्टीबालुवा खानीमा दैनिक दर्जन भन्दा बढि टेक्टर र ट्रकले गिट्टि बालुवा लोड गरि चोरी–तस्करी हुने गरेको पाइएको छ । सो खानी सुस्ता गाउँपालिकाको कुडिया, नर्सही र प्रतापपुर गाउँपालिकाको बद्रीघाट, पिपरपाती र गुठीपर्साैनीको बिचमा रहेको क्षेत्र हो । कहिले खानीमा त कहिले गण्डकी नदीमै ढुगाँ गिट्टि,बालुवा चोर्ने र रजाई गर्ने तस्करको क्षेत्र हो । सो क्षेत्रमा जाने प्रहरी र प्रशासन समेत तस्करलाई प्रभावित गर्नु भन्दा तस्करबाटै प्रभावित हुने गरेका छन् ।
गण्डक बाँध भत्किने खत्तरा देखाउदै एक डेढ दशक पहिला नै भारतको गंगा बाढ नियन्त्रण आयोग को निर्देशनमा भारत सरकारले नेपालको स्थानिय प्रशासन,तत्कालिन जिविस र प्रहरी कार्यालयलाई सिचाई अभियन्ता कार्यालय महराजगंजले पत्राचार गरि रोक्न लगाएको थियो । त्यही बेला देखी नारायणी नदीमा जिविसले निकासी ठेक्का गर्ने कार्य पनि छाड्यो । तर तस्करले चोरी निकासी कार्य छाडेनन् । बाढीको बेला खानीमा सुख्खा मौषम आए खानी र नदी दुबैमा चोरी तस्करी हुने गरेको छ ।
ईलाका प्रहरी कार्यालय बेलाटारी र छरछिमेकको प्रहरी चौकीको मिलोमतोमा सो खानीबाट दिनहुँ लाखांैको मालको तस्करी हुने गरेको पाइएको छ । केहि तस्करहरू गिट्टीबालुवा निकासीको फर्म दर्ता गराई रातभरि खानीमा अवैध उत्खनन गर्ने र दिनभरि बेचविखन गर्ने गरेको एक जनप्रतिनिधिले आरोप लगाए । करिब एक हजार विघामा फैलिएको उक्त गिट्टीबालुवा खानीमा कोई पोखरीको नाममा त कोई गाउँघरको कामकाजको बहानामा अवैध उत्खनन गरि अवैध भण्डारण गरेको प्रत्यक्ष देख्न सकिन्छ । खानीको उत्खनन र संरक्षण प्रति सम्बन्धित गाउँपालिका र सरकारी निकाय मौन हुँदा तस्करको राज नै भएको छ ।
गण्डक सम्झौता पुर्व नारायणी नदीले धार परिवर्तन गर्दा उतm नदीबाट क्षेत्रमा डेढ मिटर उचाईको गिट्टीबालुवा र ढुङ्गा बगेर भण्डार भएको छ । अहिले सम्झौता पछि नदीमा बि गैप बाँध बने पछि सो क्षेत्र खानीको रूपमा परिणत भएको छ । २०७० सालमा तत्कालिन जिविसले सो क्षेत्रमा २० अर्ब बराबरको गिट्टीबालुवा भण्डार रहेको अवस्था जानकारी गराएको थियो ।
जिल्ला समन्वय समिति अनुसार एक हजार विघामा डेढ मिटर गहिराईको गिट्टीबालुवा थन्किएको छ । यसरी ति थन्किएका गिट्टीबालुवा अनुमानित १ करोड १ लाख ५८ हजार ९ सय ४५ घनमिटर रहेको छ । ति गिट्टीबालुवा एक टालीमा २ दशमलव ५ घनमिटरको हिसाबले ४ लाख ६३ हजार ५ सय ७८ टाली खानीमा गिट्टि र बालुवा रहेको देखिन्छ । प्रति टाली बजार मुल्य ५ हजार मुल्य रहेको हँुदा पुरै खानीको अनुमानित मुल्य २० अर्ब ३१ करोड ७८ लाख ९० रुपियाँ बराबरको खानी रहेको अनुमान गरिएको छ ।
à