© २०२३
पूर्व मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणँले अब नेपाली कांग्रेसलाई पहिलो पार्टी बन्न कसैले पनि नरोक्ने बताएका छन् ।
अहिलेको सरकारले गरेको अराजक गतिविधिको कारण जनाहरूले दुईतिहाई दलको कार्य अनुभूति गरेको भन्दै उनले अवको आम चुनावका पार्टी पहिलो हुने समेत दाबी गरे । नेपाली कांग्रेस निकट नेपाल तरुण दलको ६५ औं स्थापना दिवसको अवसमा नेपाल तरुण दल बुटवल उपमहानगरकमिटिको आयोजानमा बुटवलमा भएको वृहत रक्तदान कार्यक्रममा बोल्दै नेता खाँणले देशमा भष्ट्राचार, अराजकता मौलाउँदै जानुको कारण अव जनताले कम्न्युष्ट सरकारलाई बहुमत नदिनेमा ढुक्क हुनको लागि आग्रह गरेका थिए । सबैको एक पटक दिन आउने भन्दै नेता खाँणले धेरै देशबाट हराईसकेको कम्युनिष्ट व्यवस्था संसारका कुनै पनि देशमा १० वर्षसम्ममा रहँदैन भने नेपालमा कसरी रहन सक्छ ? उनले प्रतिप्रश्न गरे ।
नेपालमा पनि निर्वाचनमा जे कुरा गरेपनि निर्वाचन पश्चात सरकारले सर्बसत्तावाद, अधिनायकवाद र निरंकुशताको चरित्र देखाउन खोजेकाले जनताले कुरा बुझिसकेको बताएका थिए । उनले भने–‘निर्वाचन पछी कम्युनिष्ट नेतृत्वको सरकारको लोकप्रियता घट्दै गएको छ जनताले चाहे अनुसार काम गर्न नसकेर असफल भई सकेकाले अबको निर्वाचनमा काग्रेस पहिलो पार्टीमा नै पुन स्थापित हुने छ ।’ उनले प्रतिपक्षमा बसेर काग्रेसले संबिधान र लोकतन्त्रको रक्षाका लागि सरकारलाई खवरदारी गरिरहने बताएका हुन । दलका क्षेत्रीय सभापति हसन्त लामा उपसभापति श्याम अधिकारी, कृष्ण भण्डारी लगायतले कार्यक्रममा बालेका थिए । यसैविच नेपाल तरुण दलको ६५ औ स्थापना दिवसको अवसरमा बुटवलमा वृहत रक्तदान कार्यक्रम गरिएको छ । नेपाल तरुण दल क्षेत्रिय समितिको आयोजनामा नेपाल रेडक्रस सोसाईटी रक्त संचार केन्द्रको भवनमा शुक्रबार रक्तदान गरिएको हो ।
रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ६५ युनिट रगत संकलन भएको प्राविधिक प्रमुख राधा शर्माले बताईन ।कार्यक्रममा क्षेत्र नं. ४ क्षेत्रिय सभापति हसन्त लामाले रगतको अभावमा विरामीको ज्यान जोगाउन विगत लामो समयदेखि रक्तदान कार्यक्रम आयोजना गरि यस क्षेत्रमा नै नमुना काम गर्दै आएको बताए ।