© २०२३
भदौ १ गते देखी लागु भएको मुलुकी देवानी (संहिता) ऐन २०७४ र मुलुकी अपराध (संहिता) ऐन २०७४ बारे जानकारी दिने उद्देश्यका साथ रुपन्देहीका अधिवक्ताहरुलाई २ दिने प्रशिक्षण कार्यक्रम शुरु भएको छ ।
पुरानो मुलुकी ऐनलाई प्रतिस्थापित गरि आएको नयाँ संहिताले कानून ब्यवसायीहरुमा ल्याएको अन्यौलता चिर्न प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको आयोजक नेपाल बार एशोसियसनले जानकारी दिएको छ । नया संहिताबाट काम गर्न आई पर्ने चुनौतीहरु बारे कानून ब्यवसायीहरुलाई सहजीकरण गर्न आवश्यक देखेर प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको नेपाल बार एशोसिएसन रुपन्देहीका अध्यक्ष नरसिंह चौधरीले बताए ।
प्रशिक्षण कार्यक्रमका उच्च अदालत पाटनका न्यायधिश टेक बहादुर कुंवरले संहिता जारी भए पछि साविकमा रहेका मुलुकी ऐन र अन्य केही बिषयगत ऐनहरुमा रहेको परनिर्भरता अन्त्य भएको बताए । नयाँ संहिताले केही अन्यौलता ल्याए पनि यस बारे कानून ब्यवसायीहरु दक्ष हुनु पर्ने उनको भनाई थियो ।
प्रशिक्षण कार्यक्रमका नेपाल बार एशोसिएसन रुपन्देहीका ५५ जना कानून ब्यवसायी सहभागी रहेको एशोसिएसनका सचिव ह्ृदय लेकालीले बताए । उनले २ दिने प्रशिक्षण लाई उच्च अदालत पाटनका न्यायधिश टेक बहादुर कुंवर, वरिष्ठ अधिवक्ताद्धय यदुनाथ खनाल र डाक्टर नारायण प्रसाद घिमिरेले सहजीकरण गर्ने लेकालीले बताए ।