© २०२३
सनराईज सामाजिक विकास मञ्चद्धारा आयोजित प्रदेश स्तरिय खुल्ला नकआउट क्रिकेट प्रतियोगिता बिहीवारबाट सुरु भएको छ ।
कपिलवस्तुको वाणगंगा नगररपालिका ८ बोर्डगाउँ स्थित मायादेवि रंगशालामा उक्त प्रतियोगिता सुरु गरिएको खेल संयोजक माधव पौडेलले जानकारि दिए । प्रदेश नं. ५ का भौतिक तथा योजना मन्त्रि वैजनाथ चौधरीले ब्याटिङ र जिल्ला खेलकुद विकास समिति अध्यक्ष छवि रेश्मी मगरले बलिङ गरि खेलको उद्घाटन गरेका हुन् ।
प्रदेश ५ का भौतिक तथा योजना मन्त्रि चौधरिले प्रदेशलाई खेलको माध्यमबाट अगाडि बढाउँन खोजिरहेको बताए । उनले पहिले भन्दा अहिलेको अवस्थामा राज्यले पनि खेलकुद क्षेत्रमा ध्यान दिएकाले प्रदेश सरकारले पनि प्रत्येक जिल्लामा कम्तिमा एउटा खेल मैदानको ब्यवस्था गर्ने प्रयास गरेको बताए । मन्त्रि चौधरिले रोजगार, पर्यटनमा पनि योजनावद्ध रूपमा विकास गर्न प्रदेश सरकारले पहल गरिरहको जिकिर गरे । देश आर्थिक तथा अन्य स्तरमा गरिवि देखिएपनि क्रिकेटमा भने धेरै विकसित भएको बताए । प्रतियोगिताको आयोजना गरि प्रदेशमै एक नमुना खालको काम गरेकाले आयोजक संस्थालाई प्रदेश सरकारले पनि आवश्यक सहयोग गर्ने बताए । साथै उनले सम्पुर्ण खेलाडिहरूलाई शुभकामना समेत ब्यक्त गरे ।
प्रदेश सांसद विष्णु पन्थिले प्रदेश पाँचमा लुकेर रहेका क्रिकेट खेलाडीहरूलाई पहिचान गरी राष्ट्रियस्तर सम्म पु¥याउनको लागि प्रतियोगिता आयोजना गरेकोमा आयोजक संस्थालाई धन्यवाद ब्यक्त गरे ।
संस्थाका अध्यक्ष टेकराज भण्डारिले प्रतियोगितालाई सफल पार्नका लागि सहयोगको आवश्यकता रहेको बताउँदै कार्यक्रममा सहभागि सबैलाई धन्यवाद ज्ञापन गरे । कार्यक्रममा खेल संयोजक माधव पौडेल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष छवि रेश्मी मगर, वाणगंगा नगरका उपप्रमुख चक्रपाणि अर्याल संस्थाका अध्यक्ष टेकराज भण्डारि पत्रकार अशोक पौडेल लगायतले आआफनो धारणा राखेका थिए ।
कपिलवस्तु ट्रेनिङ सेन्टर २२६ रनको लक्ष्य प्रस्तुत गरेकोमा जितगढि क्रिकेट क्लव १४.५ ओभरमा ९९ रनमै सिमित भयो । कपिलवस्तु ट्रेनिङका खेलाडि विशाल गौड म्यान अफ द म्याच घोषित भएका छन् ।
उनले ६४ रन प्राप्त गरे । खेलमा प्रथम हुनेले रु १ लाख १ हजार शिल्ड तथा प्रमाणपत्र, द्धितीय हुनेले रु ५१ हजार शिल्ड तथा प्रमाणपत्र, तृतीय हुनेले रु १५ हजार शिल्ड तथा प्रमाणपत्र र सान्त्वना हुनेले रु ५ हजार शिल्ड तथा प्रमाण पत्र पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिताको प्रथम पुरस्कार सौजन्य सिद्धार्थ गौतमबुद्ध ओभरसिजका संचालक तथा समाजसेवी कृष्ण कुँवरले गरेका छन् । आज दुईओटा खेल हुनेछन् ।