© २०२३
नेपालको आदीबासी नेवारहरूको बाहुल्यता काठमाण्डौमा रहेको मानिन्छ । धर्म, संस्कृति, परम्परामा नेवारहरू धनि जाती पनि मानिन्छन । काठमाण्डौ केन्द्रित नेवारहरू ब्यापार, बसाईसराई गर्दै नेपालका अन्य क्षेत्रमा समेत गएका छन ।
पश्चिम नेपालमा पनि ठूलो संख्यामा नेवारहरूको बसोबास छ । नेवार संस्कृति र कला जर्गेनामा पछिल्लो समयमा युवाहरूको अगुवाई देखिन्छ । बुटवलमा पनि युवाहरूले पछिल्लो समय विविध प्रतियोगिताहरू आयोजना गरि नेवारी परम्परा जोगाउने काममा ईट्टा थप्ने काम गरेका छन ।
बरबरी फेशन एण्ड ईभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा बुटवलमा बुधबार मिस नेवा लुम्बिनी र मिस लिटिल नेवा लुम्बिनी ११३९ प्रतियोगिताको शुभारम्भ भएको छ । श्री नेवा पुःच बुटवलकी अध्यक्ष ज्ञानु लिगलले कार्यक्रमको उद्घाटन गरिन । संस्थागत रूपमा नेवारहरूलाई एकतावद्ध गराएर वर्षभरि नै नेवारहरूको पर्वहरू मनाउने र जोगाउने काम नेवा पुचले गरेको उनले बताईन । कार्यक्रमलाई समाजसेवी कमल श्रेष्ठ र चिरिन्जिवी श्रेष्ठले प्रतियोगिताको सफलताको शुभकामना दिए ।
आयोजक संस्थाकी प्रमुख एलिजा तुलाधरले लुम्विनी अंचलका सबै नेवारी युवती तथा बालबालिकाहरू भाग लिने प्रतियोगितामा सहभागिहरूलाई नेवारी परम्पराका साथै कला संस्कृतिको बारेमा समेत ज्ञान दिने ईभेन्टहरू राखिने बताईन । पहिलो चरणबाट छनौट भएपछि सहभागिहरूलाई विज्ञहरूबाट तालिमहरू दिईने उनले बताईन । प्रतियोगिातको उपाधि विजेता तथा विभिन्न विद्यामा उत्कृष्ट सहभागिहरूलाई नगद तथा गिफट ह्याम्परबाट पुरस्कृत गरिने उनले बताईन ।à