© २०२३
बुटवलमा जारी तेश्रो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेलामा कलाकारले दर्शकको मन तानेका छन् । बद्री पंगेनीले दर्शकलाई छमछमी नचाएका थिए । बिहीबार फेसन शो, डान्स आईडल टप ५ को प्रस्तुती रहेको थियो भने विट कन्टेक्सले युवाको मन जितेको थियो । विविध सांस्कृतिक कार्यक्रमले पनि प्रदर्शनी तताएको थियो ।
दर्शकहरू दशैंको बजार गरी सांस्कृतिक कार्यक्रममा राती अवेर सम्म झुमेका मेला सचिवालय व्यवस्थापन उप समितिका संयोजक एवं उद्योग व्यापार संघ बुटवलका महासचिव केशव श्रीसले जानकारी दिए । प्रदर्शनीमा कारोवार पनि बढेको छ ।
दर्शकको चाप बढ्दै जाँदा स्टलहरूमा कारोवार बढेको हो । बिहीवार मात्रै करिब ७५ लाखको कारोबार भएको तथा ९ हजार भन्दा वढिले प्रदर्शनी अवलोकन गरेको आयोजकले जनाएका छन । विजया दशमी नजिकिँदै गर्दा मेला स्थालमा राखिएको दशै बजारमा दर्शक तथा उपभोक्ताहरूको भिड लागेको हो । दशैं बजारमा बजारको तुलनामा गुणस्तरीय तर सस्तो मुल्यमा दैनिक उपभोग्य खाद्य बस्तुको विक्रि वितरण भएको प्रचार प्रसार संयोजक नेत्र रुचालले जानकारी दिए ।
जुम्लाको मार्सि चामल प्रतिकेजी २ सय २५, चिनी प्रति केजी ५८ रूपैयाँ, जुम्लाको आलु प्रतिकेजी ५० रूपैया, जुम्लाको स्याउ १ सय ४०, मार्फाको स्याउ १ सय ४० रूपैयाँ प्रतिकेजी विक्रि भएको आयोजकले जनाएका छन् । दशैं बजारमा आयोजकलाई चिनी, स्याउ, मार्सि चामल पु¥याउन हम्मे हम्मे भएको छ । अहिले सम्म चिनी ८ टन, स्याउ जुम्ला ७ टन, मार्फा स्याउ साढे २ टन मार्सि चामल एक टन विक्रि भईसेकेको प्रदर्शनीका संरक्षक खेम श्रीसले जानकारी दिए ।
चिनीको माग उच्च भएपछि आयोजकले टिकटको आधारमा एउटा टिकटको अर्थकट्टीको २ केजी चिनी उपलव्ध गराएको छ । चिनी प्रतिके जी ५८ रूपैयाँमा उपलव्ध गराईएको छ । बजार भाउ भन्दा २० रूपैयाँ कममा चिनी पाएपछि उपभोक्ताहरूबाट चिनीको माग वढेको हो । दैनिक उपभोग्य वस्तुको लागि खाद्य पेभिलियन, दशैं बजारको लागि दशै स्पेशल पेभिलियन, अटो पेभिलियन, कृषि पेभिलियन, गार्मेट पेभिलियन, सूचना प्रविधि पेभिलियन राखिएको छ । प्रर्दशनीका ४ सय १५ स्टल रहेका छन् । दैनिक रूपमा कारोवार वृद्धि भएकाले स्टलधनी पनि उत्साहित भएको छन । जिल्ला समन्वय समिति रूपन्देही र बुटवल उपमहानगरपालिका प्रवद्र्धकको रूपमा रहेको उक्त प्रदर्शनी प्रदर्शनी २८ गते सम्म संचालन हुनेछ । प्रदर्शनीमा ३ लाख भन्दा वढिलाई अवलोकन गराउने र २० करोडको कारोवार हुने आयोजकले जनाएका छन ।
photo:बुटवलम जारी औद्योगिक प्रदर्शनीको अवलोकन गर्दै बुटवल उपमहानगरपालिकाका मेयर शिव सुवेदी लगायत ।