© २०२३
बुटवलमा जारी तेश्रो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेलामा दर्शकको चाप दिन प्रतिदिन बढेको छ । दशैको किनमेल, मनोरञ्जन तथा धरहरा चढ्ने मनसायका साथ दर्शकहरू प्रदर्शनीमा भिड लागेका हुन् । प्रदर्शनीमा सांस्कृतिक कार्यक्रम वाहेक मनोरञ्जनको लागि लिंगेपिङ, रोटेपिंङ, चाईल्ड गार्डेन, अन्य पिङ पनि छन ।
पाँचौ दिन सम्म करिव ३ करोड ५० लाख सम्म कारोवार भएको मुल आयोजक समितिका संयोजक तथा उद्योग व्यापार संघ बुटवल रूपन्देहीका अध्यक्ष प्रविण पाठकले जानकारी दिए । उनका अनुसार मंगलवार ५० लाख वढिको कारोवार भएको छ । अहिले सम्म मेलामा ६० हजार भन्दा वढि दर्शकले मेलाको अवलोकन गरिसकेका छन । मंगलवार मात्र १५ हजार भन्दा वढिले प्रदर्शनीको अवलोकन गरेका छन् ।
विजया दशमी नजिकिँदै गर्दा मेला स्थलमा राखिएको दशैं बजारमा दर्शक तथा उपभोक्ताहरूको भिड लागेको हो । दशै बजारमा बजारको तुलनामा गुणस्तरीय तर सस्तो मुल्लमा दैनिक उपभोग्य खाद्य बस्तुको विक्रि वितरण भएको प्रचार प्रसार संयोजक नेत्र रुचालले जानकारी दिए ।
जुम्लाको मार्सि चामल प्रतिकेजी २ सय २५, चिनी प्रति केजी ५८ रूपैयाँ, जुम्लाको आलु प्रतिकेजी ५० रूपैयाँ, जुम्लाको स्याउ १ सय ४०, मार्फाको स्याउ १ सय ४० रूपैयाँ प्रतिकेजी विक्रि भएको आयोजकले जनाएका छन् । दशैं बजारमा आयोजकलाई चिनी, स्याउ, मार्सि चामल पु¥याउन हम्मे हम्मे भएको छ । अहिले सम्म चिनी ७ टन, स्याउ जुम्ला ७ टन, मार्फा स्याउ साढे १ टन मार्सि चामल एक टन बिक्री भईसकेको संघका महासचिव तथा सचिवालय व्यवस्थापन उपसमितिका संयोजक केशव श्रीसले जानकारी दिए ।
‘चिनी मात्रै दैनिक १ टन भन्दा वढि विक्रि भइरहेको छ । उनले भने– उपभोक्तालाई पुराउनै हम्मे हम्मे भएको छ ।’ चिनीको माग उच्च भएपछि आयोजकले टिकटको आधारमा एउटा टिकटको अर्थकट्टीको २ केजी चिनि उपलब्ध गराएको छ । चिनी प्रतिकेजी ५८ रूपैयाँमा उपलव्ध गराईएको छ । बजार भाउ भन्दा २० रूपैयाँ भन्दा कममा चिनी पाएपछि उपभोक्ताहरूबाट चिनीको माग बढेको हो ।
दैनिक उपभोग्य वस्तुको लागि खाद्य पेभिलियन, दशै बजारको लागि दशै स्पेशल पेभिलियन, अटो पेभिलियन, कृषि पेभिलियन, गार्मेट पेभिलियन, सूचना प्रविधि पेभिलियन राखिएको छ । प्रदर्शनीका ४ सय १५ स्टल रहेका छन् । दैनिक रूपमा कारोवार वृद्धि भएकाले स्टलधनी पनि उत्साहित भएका छन ।
दशै बजार, फुटवेयर, गार्मेट लगायतका स्टलमा कारोबार राम्रो रहेको सम्वन्धीत स्टल धनिले बताएका छन् । सांस्कृतिक कार्यक्रमले पनि दर्शकको मन तानेको छ । मंगलवार डिजे अमितको प्रस्तुती, डेनेभो विट कन्टेक्स, विविध सांस्कृतिक कार्यक्रम, डान्स आईडल टप ६ को प्रस्तुती रहेको सांस्कृतिक संयोजक सिताराम रसाईलीले जानकारी दिए । मंगलवार लोकदोहोरी गायीका विष्णुमाया श्रीपाली र आधुनिक गायक अक्सर अलीले दर्शकलाई छमछमी नचाएका थिए । सांस्कृतीक संयोजक रसाईलीका अनुसार बुधवार चर्चित गायक शिव परियारको विशेष प्रस्तुती रहने छ भने गायीका सरिता पन्थीको प्रस्तुती रहने छ । जिल्ला समन्वय समिति रूपन्देही र बुटवल उपमहानगरपालिका प्रवद्र्धकको रूपमा रहेको उक्त प्रदर्शनी २८ गते सम्म संचालन हुनेछ । प्रदर्शनीमा ३ लाख भन्दा वढिलाई अवलोकन गराउने र २० करोडको कारोवार हुने आयोजकले जनाएका छन् ।à