ट्रेंडिंग:

>> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय

जोडिएलान त नौं स्थानीय तह

२६ असार २०७५, मंगलवार
२६ असार २०७५, मंगलवार

नविन घिमिरे
सैनामैना ।
रुपन्देहीको विकासमा गैडहवा गाउँपालिकाले सार्वजनिक गरेको रिङरोड प्रस्तावले यस क्षेत्रको पर्यटन, कृषि र उद्योगको क्षेत्रमा महत्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ ।
सैनामैना नगरको कलौनीदेखि भगवान गौतमबुद्धको जन्मस्थल लुम्विनी हुँदै भैरहवा र त्यहाँवाट वुटवल हुँदै कलौनीसम्मको करिव ८० किलोमिटर लामो रिङरोडको अवधारणाले यस क्षेत्रको आर्थिक विकासमा समेत महत्वपूर्ण परिवर्तन हुने अपेक्षा गरिएको छ ।
रुपन्देहीको ऐतिहासिक र पर्यटकीय स्थलहरुको भ्रमण गर्न तथा जिल्लामा उत्पादित कृषिजन्य वस्तु विक्रीका लागि सहज यातायातको पहुँचले सघाउ पुग्ने हुँदा रिङरोडको प्रस्ताव कार्यान्वयन गर्नुपर्ने आवश्यकतामा समेत जोड दिइएको छ । पूर्व पश्चिम लोकमार्गदेखि लुम्विनी पुग्न अहिले सैनामैनाको कलौनीवाट लुम्विनीसम्म सिधा यातायात सेवा सञ्चालन भैरहेको छ ।
कलौनीदेखि लुम्विनीसम्मको वस सेवालाई भैरहवासम्म र त्यहाँवाट वुटवल हुँदै पुनः कलौनीसम्म जोडने गरी रिङरोड वन्ने हो भने समग्र रुपन्देहीकै आर्थिक, पर्यटन र कृषि तथा उद्योगको विकासमा सघाउ पुग्ने गैडहवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज भट्टराईले विश्वास व्यक्त गरे ।
गैडहवा गाउँपालिकाका अधिकांश कृषक तरकारी तथा फलफूल उत्पादनमा सकृय रहेकोले उनीहरुको उत्पादन शहरसम्म पु¥याउन पनि रिङरोडको अवधारणाले सघाउ पु¥याउने गैडहवाका कृषकहरुको विश्वास छ । उक्त रिङरोडले रुपन्देहीका १६ स्थानीय तहमध्ये ५ नगरपालिका र चार गाउँपालिकालाई जोडने भएकोले ती नगर र गाउँपालिकासम्म उत्पादित कृषिजन्य वस्तु विक्री वितरणको सहज व्यवस्था हुने र त्यसले कृषकहरुको आर्थिक उन्नतीमा समेत महत्वपूर्ण सघाउ पु¥याउने अधिकृत भट्टराईले बताए ।
सैनामैना, लुम्विनी सांस्कृतिक, सिद्धार्थनगर, तिलोत्तमा नगरपालिका र वुटवल उपमहानगर तथा गैडहवा, कञ्चन, मायादेवी र सियारी गाउँपालिका उक्त रिङरोड अवधारणावाट सडक सञ्जालमा जोडिने छन । जसका कारण यस क्षेत्रमा हुने सिधा यातायात सञ्चालनवाट रुपन्देहीमा रहेका ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थलहरुको भ्रमण गर्न सहज पहुँच हुने र उत्पादित कृषिजन्य वस्तु विक्री तथा बजार प्रवद्र्धनका लागि किसानहरुलाई ठूलो टेवा पुग्ने गैडहवा गाउँपालिकाका अध्यक्ष बच्चुलाल केवटको भनाई रहेको छ । गैडहवा गाउँपालिकाकै पहलमा केही दिनअघि जिल्ला समन्वय समितिमा वैठक वसी उक्त प्रस्ताव प्रस्तुत गरिसकिएको छ भने प्रस्तावमा सवै नगर र गाउँपालिका तथा समन्वय समितिले समेत सहमति जनाएको अध्यक्ष केवटल बताए ।
भगवान गौतम बुद्धको जन्मस्थल लुम्विनीसम्म यातायातको सहज पहुँचले त्यस क्षेत्रमा पर्यटकको संख्या बृद्धि हुनुका साथै स्थानीय जनताको जीवनस्तरमा समेत परिवर्तन आउने लुम्विनीवासी जनताको अपेक्षा रहेको पत्रकार विरेन्द्र मिश्रले बताए । अहिले कलौनीदेखि लुम्विनीसम्मको करिव २२ किलोमिटर लामो सडक खण्डको अधिकांश भाग पिच भैसकेकोले लुम्विनी घुम्न आउने पर्यटकहरुले उत्तर दक्षिणको कलौनी–लुम्विनी सिधा मार्ग प्रयोग गरिरहेका छन । उत्तर दक्षिणको कलौनी–लुम्विनी मार्गको प्रयोगले वाटोमा पर्ने गैडहवा गाउँपालिकाको अधिकांश क्षेत्र लाभान्वित हुने अवस्था आएको छ जसका कारण स्थानीय जनताको आर्थिक जीवनस्तरमा सघाउ पुग्ने गैडहवाका स्थानीय जनताको विश्वास छ ।
जिल्ला समन्वय समिति रुपन्देहीका अध्यक्ष एकराज विश्वकर्माले गैडहवा गाउँपालिकाका तर्फवाट प्रस्तुत भएको रिङरोडको अवधारणाले रुपन्देहीका अधिकांश शहरी तथा ग्रामिण भू–भाग जोडिने र त्यसवाट शहर र गाउँवीच रहेको दूरीमा समेत कमी आउने उल्लेख गरे । रिङरोडको अवधारणा अनुसार यातायातको सञ्जालले ती क्षेत्र जोडिएमा रुपन्देहीकै समग्र कृषि, पर्यटन, उद्योग र व्यापार क्षेत्रको प्रवद्र्धन र विस्तारमा सहयोग पुग्ने जिल्ला समन्वय समितिका सदस्य खेमराज लुईटेलले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?