© २०२३
बुटवलमा जारी तेश्रो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेलामा अपेक्षा भन्दा बढी दैनिक कारोबार भएको आयोजकले जनाएका छन् । तेश्रो दिन सम्म करिब २ करोड सम्म कारोबार भएको उक्त प्रदर्शनीमा सोमवार मात्र १ करोड ६० लाखको कारोवार भएको मुल आयोजक समितिका संयोजक तथा उद्योग व्यापार संघ बुटवल रूपन्देहीका अध्यक्ष प्रविण पाठकले जानकारी दिए ।
उनका अनुसार सोमबार मात्र प्रदर्शनीमा होण्डाका २ वटा गाडीको बिक्री भएको र दशै बजारका किनमेल गर्नेहरूको भिड वढेका कारण अपेक्षा भन्दा वढि कारोवार भएको छ । मेलाको चौथो दिन मात्र १३ हजार भन्दा बढिले मेला अवलोकन गरेका छन् । मेलाको मुख्य आकर्षणको रूपमा रहेको धरहरा चढ्नेको पनि घुइँचो लागेको छ । अहिले सम्म मेलामा ४० हजार भन्दा वढि दर्शकले मेलाको अवलोकन गरिसकेका छन ।
विजया दशमी नजिकिँदै गर्दा मेला स्थलमा राखिएको दशैं बजारमा दर्शक तथा उपभोक्ताहरूको भिड लागेको हो । दशैं बजारमा बजारको तुलनामा गुणस्तरीय तर सस्तो मूल्यमा दैनिक उपभोग्य खाद्य बस्तुको विक्रि वितरण भएको छ ।
जुम्लाको मार्सि चामल प्रतिकेजी २ सय २५, चिनी प्रतिकेजी ५८ रूपैयाँ जुम्लाको आलु प्रतिकेजी ५० रूपैयाँ, जुम्लाको स्याउ १ सय ४०, मार्फाको स्याउ १ सय ४० रूपैयाँ प्रतिकेजी विक्रि भएको आयोजकले जनाएका छन् । दशैं बजारमा आयोजकलाई चिनी, स्याउ, मार्सि चामल पु¥याउन हम्मे हम्मे भएको छ । अहिले सम्म चिनी ६ टन, स्याउ जुम्ला ६ टन, मार्फा स्याउ साढे १ टन मार्सि चामल एक टन बिक्री भईसकेको संयोजक पाठकले जानकारी दिए । ति सामानहरूको अभाव भएकाले फेरी मगाईएको छ ।
उद्योग व्यापार संघ बुटवल रूपन्देहीको आयोजना, बुटवल उपमहानगरपलिका र जिल्ला समन्वय समितिको प्रवद्र्धनमा भएको प्रदर्शनीमा ५ सय १५ भन्दा बढि स्टल रहेका छन् । ३ लाख भन्दा बढी दर्शकलाई अवलोकन गराउनुको साथै २० करोडको कारोबार गर्ने आयोजकले लक्ष्य लिएका छन् ।
अटोमोबाईल्स, फुटवेयर, गार्मेट लगायतका स्टलमा कारोबार राम्रो रहेको सम्बन्धित स्टल धनीले बताएका छन । सांस्कृतिक कार्यक्रमले पनि दर्शकको मन तानेको छ ।
तयारी अन्तिम चरणमा
बुटवल उद्योग वाणिज्य संघको आयोजनामा पर्सी असोज २४ गतेदेखि बुटवलमा हुने सस्तो दशै बजारको तयारी अन्तिम चरणमा पुगेको छ । ५ दिनसम्म बालमन्दिर परिषद्मा हुने सस्तो दशैं बजारमा दैनिक उपभोग्य बस्तु, खाद्यान्न, कपडा, जुत्ता चप्पल, माछा मासु र अटो मोवाइलका ५० स्टल दर्ता भएको संघका कार्यसमिति सदस्य तथा दशै बजार व्यवस्थापन समितिका संयोजक नरिश्वर पौडेलले जानकारी दिए । बजारमा साल्ट ट्रेडि· कर्पोरेशनले नुन, चिनी, लुम्बिनी दुग्ध बितरण आयोजनाले घिउ तथा बिभिन्न उद्योगले आफ्ना उत्पादन बिशेष छुटका साथ बिक्री गर्ने पौडेलले बताए ।
त्यस अवसरमा बिगतका बर्षहरूमा जस्तै सर्बसाधारणको लागि नयाँ नोट सटहीको व्यवस्था पनि गरिँदै छ । यसैबिच दशैं बजार व्यवस्थापन समितिको सोमबार सम्पन्न बैठकले दशैं बजारलाई व्यवस्थित रूपमा र नमुना बनाउने निर्णय गरेको छ ।à