© २०२३
देवदह उद्योग बाणिज्य संघको आयोजनामा यहि फागुन १६ देखि २७ गते सम्म पाँचौं राष्ट्रिय देवदह औद्योगीक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव –२०७५ आयोजना गर्ने भएको छ ।
जसको तयारी तिब्र पारिएको देवदह उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल प्रसाद ढकालले जानकारी दिए । यस भन्दा पहिला पनि एक पटक मेला आयोजना गरेको देवदह उद्योग बाणिज्य संघको यो दोस्रो मेला हो । देवदह व्यापार संघ, राष्ट्रिय उद्योग व्यापार संगठन र बुटवल उद्योग बाणिज्य संघले आलोपालो गरी देवदहमा मेला आयोजना गर्दै आएका छन् । आयोजक संस्था देवदह उद्योग बाणिज्य संघले आईतबार पत्रकार सम्मेलनको आयोजना गरी मेलाको तयारी तिब्र पारिएको बताएको हो । संघका अध्यक्ष गोपाल प्रसाद ढकालले विगतका बर्षहरूमा भन्दा यस बर्षको मेलालाई थप परिस्कृत र यान्त्रीकरणमा जोड दिइएको बताए । उनका अनुसार मेलामा यस पटक कृषिको प्रदर्शनीमा प्रत्यक्ष रूपमा नै उन्नत गाई, भैंसी, बाख्राको प्रदर्शनी गरिने छ ।
देवदह कृषि र पर्यटनको रूपमा केही योजना बनाएको कारण देवदहका विभिन्न स्थानहरूको महत्व झल्कीने खालका वृत चित्रका साथै स्थानको बारेमा जानकारी दिने विशेष स्टल पनि राखिने उनले जानकारी दिए । यस्तै लघु उद्यमलाई समेत मेलाले विशेष जोड दिएको छ । मेलामा ससानो लगानीमा नै सुरुवात गरी घरेलु, लघु उद्यम गर्न सकिने विभिन्न यन्त्रहरूको यान्त्रीकरण प्रदर्शनीको साथै त्यसको डेमो वृत चित्रबाट समेत प्रदर्शन गरिने योजना बनाइएको छ । देवदह उद्यागे बाणिज्य संघका उपाध्यक्ष प्रमोद खनालका अनुसार आधुनिक प्रविधि तथा औद्योगीक उपकरणको बारेमा जानकारी दिन उद्यमी, यवसायी तथा कृषिकहरूलाई प्रोत्साहित गरिने छ । यस्तै उत्पादक र उपभोक्ताहरूका बीचको दुरी घटाउन प्रत्यक्ष सम्पर्क मार्फत स्थानिय उत्पादनलाई प्रवद्र्धन गरिने छ ।
मेलामा यस पटक देवदहका सबै जसो उद्योगहरूबाट अनिवार्य रूपमा नै आआफ्नो उद्योग बाट उत्पादन भएका विभिन्न बस्तुहरूको प्रदर्शनको साथै उत्पादन प्रक्रियाको बारेमा आम उपभोक्ता, दर्शकहरूलाई समेत जानकारी प्रदान गरिने छुट्टै पेभिलियनको व्यवस्थापन गरिने भएको छ ।
गाउँमा रहेका हस्तकला, कृषि जन्य उद्योगलाई विशेष प्राथमिकताको साथ प्रदर्शनीमा राख्ने उपाध्यक्ष खनाले जानकारी दिए ।
देवदह उद्योग बाणिज्य संघका महा–सचिव हरि प्रसाद भण्डारीका अनुसार देवदह क्षेत्रका ऐतिहासिक महत्वका स्थानहरू, पाकरी वृक्ष, बैरीमाई, कन्यामाई, दह, रोहणी नदी, खयर डाँड तथा अन्य स्थानकहरूको राष्ट्रिय महत्व झल्काउने खालको प्रदर्शनी तथा स्थल अवलोकनको प्याकेज समेत मेलामा सञ्चालन गरिने छ ।
देवदहलाई औद्योगीक आधार शिलाको रूपमा विकास गर्नको लागि मेला महत्वले विशेष भूमिका खेल्ने उपाध्यक्ष मिना श्रेष्ठले जानकारी दिइन् । ३ सय ५० वटा स्टल रहने मेलामा ३ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा आयोजकले लिएका छन् । यस्तै १० करोड भन्दा बढिको कारोबार हुने अपेक्षा गरिएको छ ।
à