© २०२३
बुटवलमा जारी तेश्रो औद्योगिक प्रर्दशनी तथा व्यापार मेलामा भएको डान्स आईडलको पहिलो छनोट चरणबाट १० जना उत्कृष्ट प्रतियोगी छनोट भएका छन् । शुक्रवार भएको अडिशनमा इश्रा हिताङ, जिलका न्यौपाने, महिमा खत्री, संजय विके, सभित चौधरी, कामना लम्साल, अनुस्का तामाङ, सन्दीप सुनार,अनिसा तामाङ कृपा पौडेल टप टेनमा परेका छन् । पहिलो चरणको अडिशनमा लोकेन्द्र शाह, सुन्दर गुरुङ र अर्जुन शाहले जर्जको भूमिका निभाएका थिए । प्रदर्शनीमा फेशन सोको अडिशन शुरु भएको सांस्कृतिक संयोजक सिताराम रसाईलीले जानकारी दिए ।