© २०२३
महिन्द्रा टुव्लिर्सले दशैं तिहारमा सञ्चालन गरेको दशै तिहार अफरमा कुपन स्क्रयाच गरि कपिलवस्तु नगरपालिका वडा नम्बर २ कि सलिमुन निसाले २ हजार ७५ रूपैयाँमा स्कुटी पाउन सफल भएकी छन । वारिस अटो मोबाईल्सको डिलरसिपमा कपिलवस्तुको तौलिहवा स्थित आयसा ट्रेड एण्ड सप्लायर्समा स्कुटी किन्न पुगेकी उनले “मुल्य कति, स्क्रयाच गरि आउछ जति ।” अफर अन्र्तगत सो स्कुटी हात पारेकी हुन ।
गोठादी स्वास्थ्य चौकी पाल्पामा अनमी पदमा कार्यरत २७ बर्षिय सलिमुनले घर बिदामा आएका बेला स्कुटी किन्न आयसा ट्रेड एण्ड सप्लायर्समा पुगेकी थिईन । आईतबार स्कुटी किन्न पुगेकी उनले २४९६ नम्बरको कुपन स्क्रयाच गर्दा २ हजार ७५ रूपैयाँमा ११० सिसी क्षमताको महिन्द्रा गस्टो आरएस जित्न सफल भएकी हुन् ।
दशै तिहार अफर अन्तर्गत खुद मूल्य १ लाख ७९ हजार ५ सय मूल्यको स्कुटी उनले कुपनको न्युनतम अंकको सो मूल्यमा जित्न सफल भएको वारिस अटो मोबाईल्स भैरहवाका सञ्चालक ईरफान वारिसले बताए । यस अघि सोहि न्युनतम मुल्यमा भरतपुरका एक ग्राहकले स्कुटी पाउन सफल भएको जनाउँदै उनी दोस्रो भएको जानकारी दिए । एक कार्यक्रमका बिच वारिस अटो मोबाईल्स भैरहवाका सञ्चालक ईरफान वारिस र तौलिहवा स्थित आयसा ट्रेड एण्ड सप्लायर्सका सञ्चालक ईन्जिनियर अब्दुल हलिमले उनलाई कुपनको न्युनतम मुल्य लिई स्कुटी हस्तान्तरण गरेका थिए । कुपनमा सो स्कुटीको अधिकतम मुल्य १ लाख ६९ हजार ५ सय देखी न्युनतम मुल्य २ हजार ७५ रहेको आयसा ट्रेड एण्ड सप्लायर्सका सञ्चालक हलिमले बताए । à