© २०२३
गायक एवं संगीतकार तेजु अर्यालले लोक पप गिती एल्वम ‘च्यानाकुटी झ्याई’ सार्वजनिक गरेका छन् । रोमाण्टिक शैलीको उक्त गित बिन्ध्यवासीनी म्यूजिक मार्फत बजारमा आएको छ । उक्त गीतको म्यूजिक भिडियो शुक्रबार बिन्ध्यवासीनी म्यूजिककै यूट्युव च्यानलबाट सार्वजनिक भएको हो । तेजु अर्याल स्वयमकै शब्द, संगित र स्वर रहेको उक्त गीतको संगित संयोजन भने पछिल्लो समयमा चर्चित एरेन्जर पुरस्कार सुनुवारको रहेको छ । म्यूजिक भिडियोमा नयन डि.सी र निरन्जली लामाले अभिनय गरेका छन् भने भुवन स्यांङबो तामाङले निर्देशन गरेका छन् । त्यस्तै पवन सुस्लिङले छायांकन सम्पादन गरेका छन् । मोफसलमा रहेर निरन्तर संगितमा क्रियासिल अर्याल’ ले यस भन्दा अगाडि सयौं गीतहरू बजारमा ल्याइसकेका छन् । सबै विधाका गीतहरूमा दख्खल राख्ने अर्यालका ,जुन माटोमा, राष्टिय गीत ,राम्री छौ र त, आधुनिक गीत, हर साँझमा , दुख्दा मेरो छाति ,गजल , गीत लगायतका गीतहरू चर्चित छन् । गत साउन महीनामा मात्रै शिवभजन नामक धार्मिक गीत सार्वजनिक गरेको तेजु सोही गीतमार्फत बक्स अफिस मयूजिक अवार्डमा उत्कृष्ट गायकको रूपमा नोमीनेसनमा पनि परेका छन् ।