© २०२३
नेवारी कला संस्कृतिको जर्गेना र उत्थान गर्ने उद्देश्यका साथ बरबेरी फेशन इभेन्ट एण्ड म्यानेजमेन्ट प्रा.लि.द्वारा आयोजना गरिएको मिस नेवा लुम्बिनी र मिस लिटिल नेवा लुम्बिनी–११३९ को शनिबार पहिलो अडिसन सम्पन्न भएको छ ।
नेपकम सर्विस बुटवलमा सम्पन्न अडिसनमा १२ जना सहभागीहरू छनौटभएको आयोजक संस्थाकी प्रमुख कार्यकारी अधिकृत एलिजा तुलाधरले बताईन । आगामी मंसिर महिना फाइनल कार्यक्रम हुने यी प्रतियोगिताको लुम्विनी अंचलका विभिन्न स्थानहरूमा अडिसन लिइने उनले बताइन । नेवारी कला संस्कृतिको जर्गेना र उत्थानका साथै लुम्बिनी अंचलका नेवारी युवती तथा बालबालिकाहरूको कला, आकर्षक व्यक्तित्व र आत्मविश्वासलाई अझ उत्प्रेरित गर्ने र नेपाल भाषाको प्रशिक्षण तथा प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले बरबेरी फेसनले गत वर्षदेखि यो प्रतियोगिता संचालन गर्दै आएको छ । आगामी अडिसन केही दिनमै बुटवलमै गर्न लागिएको हुँदा इच्छुक युवती तथा बालबालिकाको अभिभावकले समयमै फारम भर्न आयोजक तुलाधरले आग्रह गरिन् ।