ट्रेंडिंग:

>> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा

खाद्यान्नको मूल्य आकासियो

१४ आश्विन २०७५, आईतवार
१४ आश्विन २०७५, आईतवार

नेपालीहरूको मुख्य पर्व दसैं आउनै लाग्दा बजारमा दैनिक उपभोग्य वस्तु खाद्यान्नको मूल्य एकाएक बढ्न लागेको छ । अहिले बजारमा आटा, मैदा, चिनी र तेलको मूल्य बढी रहेको छ । १५ दिनमा दैनिक उपभोग्य बस्तुको मूल्य प्रतिकेजीमा ५ देखि १५ रूपैयाँसम्म बढेको छ । केहीदिनदेखि उद्योगले मुल्य बढाउँदै डिलर र बिक्रेताहरूलाई खाद्य सामग्री पठाइरहेका छन् । बुटवल उद्योग वाणिज्य संघका पूर्व सदस्य तथा पुराना खाद्यान्न व्यवसायी लोकनाथ पाण्डेका अनुसार केही दिनअघि ५ किलोको १ सय ७५ रूपैयाँ पर्ने घडि आटा अहिले २ सय रूपैयाँमा पुगेको छ । १ सय ६५ रूपैयाँको घराना आटा १ सय ९५ रूपैयाँ पुगेको छ । प्रति क्युण्टल ३ हजार ८ सय ५० रूपैयाँ पर्ने आटा अहिले ४ हजार ५ सय रूपैयाँमा पुगेको छ । त्यस्तै प्रति १० पोका १ हजार ३ सय ५० मा पाइने स्थानीय तोरीको तेल १ हजार ६ सय, धारा तोरीको तेल १ हजार ९ सयबाट २ हजार १ सय र १ हजार १ सयमा पाइने भटमासको स्थानीय तेल १ हजार २ सय तथा १ हजार २ सयमा पाइने स्वस्तिकको १ हजार ३ सय ५० रूपैयाँ पुगेको छ । त्यस्तै प्रति क्वीन्टल ६ हजार ३ सयमा पाइने चिनी अहिले ६ हजार ७ सय रूपैयाँ पुगेको छ ।
बुटवल भैरहवा जस्ता बजार क्षेत्रमा भन्दा पनि पहाडी र दुर्गम क्षेत्रमा अहिले बढेको मुल्यले बढी असर पार्ने पाण्डेले बताए । खाद्य बस्तुको संगै गाडी तथा ढुवानी भाडा बढेको छ यो सबै जोडेर व्यवसायीले नयाँ मूल्य तोक्दा मुख्य पर्वमा उपभोक्ता मारमा पर्ने पाण्डेले बताए ।
प्रायः सबै व्यवसायीले सरकारले इन्धनको मूल्य र सवारी तथा ढुवानीको भाडा बढाएकाले मूल्य बढेर आएको ग्राहकहरूलाई बताउने गरेका छन् । बुटवलका सबै खाद्यान्न व्यवसायीले मूल्य बढाएका छन् ।
उद्योगीहरूले भने नेपालमा इन्धन र यातायातको भाडा बढेर नभई भारतमा गहँु र तोरीको मूल्य बढेकाले नेपालमा खाद्यान्नको मूल्य बढेको बताएका छन् । नेपालको गहँु र तोरीले नपुग्ने भएकाले भारतबाट ल्याउँदा दुवैको मूल्य बढेकाले मुल्य बढाउन बाध्य भएको उद्योगीहरूले बताएका छन् । बुटवल फलोर मिलका अध्यक्ष राजेन्द्र वझाले नेपालको गहुँले आधा पनि नपुग्ने र भारतबाट ल्याउँदा भारतमा मूल्य बढेकाले नेपाली उद्योगहरूले आफना उत्पादनको मूल्य बढाउन बाध्य भएको बताए । उनका अनुसार गत महिनासम्म प्रति क्युण्टल २ हजार ७ सय रूपैयाँमा आउने गहु ँअहिले बढेर करिब ३ हजार ५ सय पुगेको छ । सरकारले स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न भन्दै चिनीको आयातमा कोटा तोकेपछि चिनिको मुल्य पनि बढेको छ । थोकमूल्य बढेपछी व्यवसायीहरूले पनि मुल्य बढाएका छन ।
मूल्य बृद्धिसँगै बजारमा अखाद्य बस्तुको बिक्री बितरण पनि बढन थालेको छ । मूल्य बढ्दा बजारमा म्याद सकिएका र गुणस्तरहिन बस्तुको बिक्री पनि सस्तो मूल्यका नाममा बिक्री हुने गर्दछ । दशैंमा अखाद्य बिक्रि हुन नदिन संयुक्त बजार अनुगमन समिति रूपन्देहीले बजार अनुगमनलाई तिब्र बनाउने भएको छ । रूपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी तथा संयुक्त बजार अनुगमन समितिका संयोजक नारायण पाण्डेले बजार अनुगमनलाई दशैमा प्रभावकारी बनाउने बताए । उनले मूल्य बृद्धिका सम्वन्धमा पनि प्रशासनले अनुसन्धान गर्ने बताए । पाण्डेले भने अत्यावश्यक वस्तुमा २० प्रतिशतभन्दा बढी नाफा खान नपाइने कानुनी व्यवस्था भएकोले त्यसको पनि कडाई गर्ने छौ ।à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?