© २०२३
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबादुर केसीले आफ्नै कारण सरकार कजोर देृखिएको बताएका छन् । उनले महङ्की, कालोबजारी, भष्टाचारलाई रोक्न नसकेर सामान्य खालका अपराधी, हत्यारा र वलात्कारीलाई छोप्न नसकेर सरकार बदनाम भएको बताए ।
सीमा मिचिदा पनि सरकार चुप लागेर बसेको उल्लेख गर्दै सार्वभौमिकता, अखण्डता, एकता कमजोर भएको र देशमा माफियातन्त्र हावी भएको बताए । उनले राजनीतिलाई हतिायार बनाएर स्वार्थ लिने प्रवृत्ति हावी भएको बताए । नेपाली जनताले लडेर ल्याएको गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी, समानुपातिकको ठेकदार र माफियाहरूले दुरूपयोग गरेको बताए । अध्यक्ष केसीले नेपालको संघीयता भारतको भएको बताए । उनले अमेरिकन र युरोपिएनहरूको जातीय संघीयता असफल भएको बताए ।
अखिल नेपाल बुद्धिजिवी संघ रूपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको नेपालको विद्यामान आर्थिक अवस्था र संघीयता, संघीयताले राष्ट्रिय सार्वभौमिकतामा पार्ने प्रभाव विषयक अन्तरक्रियामा बोल्दै जनताले राहत नपाएको बताए । देशमा गणतन्त्र र संघीयता आएपनि जनताले सामान्य सेवासुविधा लिन नपाएको बताए ।
अमेरिकन, युरोपियन र भारतीय शक्ति केन्द्रहरूको दबाबमा ल्याइएको संघीयता नेपालमा नटिक्ने बताए । भारतीय ग्राईनडिजाईनमा ल्याईएको संघीय प्रणाली असफल सावित हुँदै गएको दाबी गर्दै एउटो देश चलाउन नसेकका नेपाली जनताले सातवटा देश पाल्न नसक्ने बताए । राष्ट्रिय जनमोर्चा संघीयताको बिरोधी नभएको उल्लेख गर्दै पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेता केसीले नेपालमा संघीय प्रणाली ठिक छैन र हुदैन भनेको बताए ।
संघीयताले नै देशको अर्थतन्त्र कमजोर भएको र जनताले करको भारी बोक्ने काम शुरु भएको बताए । सोही कार्यक्रममा पत्रकार तथा अखिल नेपाल बुद्धिजीवि संघका केन्द्रिय महासचिव शशीधर भन्डारीले संघीयताले राष्ट्रियतामा पारेको प्रभाव विषयमा कार्यपत्र प्रस्तुत गर्दै नेपाल जस्तो सानो र भूपरिवेष्ठिक तथा अविकसित मुलुकका लागि संघीयता खतराको रूपमा आएको बताए । भन्डारीको कार्यपत्रमाथि टिप्पणी गर्दै साहित्यकार तथा लेखक दिल साहानीले सुरु सुरुमा आफू संघीय व्यवस्थाको पक्षधर भएको भएपनि अहिले व्यवहारमा देख्दा नेपालका लागि उचित नभएको निष्कर्षमा पुगेको बताए । उनले संघीयताको नाममा भारतीय र युरोपियनहरूका लागि नेपाल खेल मैदान जस्तै भएको बताए । त्यस्तै वाम वुद्विजीवी मनोज भट्टले प्रस्तुत गरेको अवधारण पत्रमाथि टिप्पणी गर्दै प्राध्यापक डाक्टर वाबुराम ज्ञवालीले हाल नेपालको चालू खर्च पूँजीगत खर्च भन्दा झन्डै दुइ तिहाईले धेरै हुनु अर्थशास्त्रीय दृष्टिले सही नभएको बताए । नेपालको अर्थतन्त्रलाई रेमिटान्सले धानेकाले महङ्को संघीय प्रणाली खतरामा रहेको बताए । प्रध्यापक डाक्टर रामचन्द्र आचार्यले देशमा भएका उद्योगहरू संरक्षण गर्ने र नयां उद्योगहरू खोल्ने सरकारले नीति ल्याउन नसकेको अवस्थामा संघीयता कमजोर बनेको बताए । प्रध्यपाक बैकुण्ठ पाण्डेले अर्थतन्त्र कजमोर हुँदै गएको र रेमिटान्सले मात्र देश चल्न नसक्ने बताउँदै संघीयता समस्यामा परेको बताए । राष्ट्रिय पूँजीको विकास गर्नुपर्ने उनले बताए । बद्विजीवी संघ रूपन्देही अध्यक्ष लिलाबहादुर केसी, गोपालप्रसाद गैरे, नेकपाका विनोद खनाल, सुरज खनाल लगायतले बोलेका थिए ।