© २०२३
कर्णालाी प्रदेशको प्रमुख पर्यटकीय स्थल स्यार्पु तालमा दोस्रो स्यार्पु पर्यटन माहेत्सव बिहिबार देखि सुरु भएको छ । बाफिकोट गाउँपालिका वडा नं. ३ र ५ मा अवस्थित सुन्दर स्यार्पू तालमा यसअघि वि.सं. २०६७ साल असोज ११ गते पहिलोपल्ट पर्यटन महोत्सव आयोजना गरिएको थियो । महोत्सवको पूर्व गृहमन्त्री तथा प्रतिनिधी सभा सदस्य जनार्दन शर्माले उद्घाटन गरेका हुन् ।
‘जल, जंगल, जडिबुटी, कृषि, कला संस्कृती हाम्रा उत्सव, बाँफिकोट समृद्धीका लागि दोस्रो स्यार्पु पर्यटन महोत्सव’ भन्ने मुल नाराका साथ सुरु गरिएको महोत्सवले कर्णाली भ्रमण बर्ष २०७५ र नेपाल भिजिट सन् २०२० को पनि प्रचार–प्रसार एवं प्रवद्र्धन गर्ने महोत्सव मुल आयोजक समितिका संयोजक तथा बाँफिकोट गाउँपालिकाका अध्यक्ष धर्मबहमदुर केसीले बताए । ‘हामी स्यार्पू ताललाई देशभर चिनाउन चाहन्छौ ।’ संयोजक केसीले भने– ‘देशका प्रमुख पर्यटकिय स्थालहरूसंग स्यार्पू ताललाई पनि जोडेर्र विकास गर्न स्थानीय सरकारले काम गर्नेछ ।’
अघिल्नो पटक स्थानीय मुल आयोजक समिति गठन गरेर आयोजना गरिएको पर्यटन महोत्सव यस बर्ष गाउँपालिका आफै आयोजक भएर महोत्सव सुरुवात गरेको हो । यो महोत्सव आगामि असोज १५ गतेसम्म चल्नेछ । महोत्सवमा स्थानीय लोक नृत्य र गायन प्रतियोगिता, स्थानिय झाँकी प्रर्दशनी तथा महिला, पुरुष भलिबल प्रतियोगिता आदीको आयोजना गरिएको छ ।
कार्यक्रममा बोल्दै जनार्दन शर्माले स्यार्पु ताल संरक्षणका लागि र यस वरपर रहेका अन्य पर्यटकिय स्थालहरूको प्रवद्र्धन गर्नका लागि सरकारले योजना बनाएर लाग्ने बताए । ‘यस क्षेत्रको पर्यटन विकासका लागि बृहत योजना आवश्यक छ । संघिय, प्रदेश र स्थानिय सरकारको सहकार्यमा पर्यटन विकास गर्नुपर्छ ।’ उनले भने, ‘स्यार्पु ताल कर्णाली प्रदेशको मात्र नभएर देशकै प्रमुख पर्यटकिय स्थाल हो । यसको प्रचार, प्रसार आवश्यक छ ।’ कार्यक्रममा पुर्व मन्त्री शर्माका साथमा राष्ट्रिय सभा सदस्य ठगेन्द्र प्रकाश पुरी, प्रदेश सरकारका प्रवक्ता तथा भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी, कर्णाली प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह वुढा र प्रदेश सभा सदस्यहरू गोपाल शर्मा र रातो कामीको पनि उपस्थिति रहेको थियो । à