ट्रेंडिंग:

>> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु

सीमा क्षेत्रमा नागरिक सहायता केन्द्र

१२ आश्विन २०७५, शुक्रबार
१२ आश्विन २०७५, शुक्रबार

 सिमा क्षेत्रमा हुने भंसार छली र तस्करी नियन्त्रणमा कडा रूपमा प्रस्तुत हँुदै आएको कपिलवस्तु प्रहरीले दसंै तिहार लगायतको चाडका बेला सिमानाकामा यात्रुलाई समस्या पर्न नदिन नागरिक सहायता कक्ष सञ्चालन गरेको छ । कपिलवस्तु प्रहरीको अगुवाईमा कृष्णनगर, मर्यादपुर र चाकलचौडा नाकामा नागरिक सहायता कक्ष सञ्चालन गरिएको हो । बिगतमा सीमामा जाने नेपाली नागरिक, प्रवासबाट नेपाल आउने र फर्किने प्रवासी नेपालीले बिभिन्न सास्ती भोगेको जन गुनासो आउने गरेकाले सो कक्ष सञ्चालनमा ल्याइएको जनाइएको छ ।
सिमा क्षेत्र चाकलचौडामा नागरिक सहायता कक्ष सञ्चालनसँगै नागरिक मैत्री बातावरण र सचेतनाका कार्यक्रम अन्तर्गत दुर्घटना न्यूनीकरणका लागि पर्चा, पम्पलेट बितरण गरिएको ईलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरिक्षक सन्तोष कुमार पोखरेलले जानकारी दिए । नागरिकसँग मैत्रीवत सम्बन्ध राखी सिमा क्षेत्रमा हुन सक्ने अवान्छित क्रियाकलापलाई नियन्त्रण गर्नु कक्ष सञ्चालनको मुख्य उद्देश्य रहेको उनले बताए । सिमा क्षेत्रमा दशंै र तिहारका बेला यात्रु ठगिने, लुटिने र दुर्घटनामा समेत बृद्धि हुने सम्भावना रहकाले जिल्लाको तीन भारतिय सीमा नाकामा नागरिक सहायता कक्ष सञ्चालन गरिएको प्रहरी उपरिक्षक मनोज कुमार यादवले बताए । हाल सञ्चालनमा ल्याइएको नागरिक सहायता कक्ष दशंै र तिहार अबधिभरि यथावत रहने उपरीक्षक यादवले जानकारी दिए । पछिल्लो समय सिमा क्षेत्रमा हुने तस्करी र भंसार चुहावटमा कडाई गरे सँगै सिमा सुरक्षाको जिम्मेबारी लिएको शसस्त्र प्रहरी बलको तुलनामा नेपाल प्रहरीले दुई गुणा बढी भंसार चुहावट र चोरीका सामग्री बरामद गरि भंसार चलान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?