© २०२३
विश्वका मानिसको नजरमा रहेको लुम्बिनीलाई सफा बनाउन सबैभन्दा पहिले त्यहाँ रहेका उद्योगहरूलाई प्रविधिमैत्री बनाउन आवश्यक रहेको उद्योग वन तथा वातावरण मन्त्री लिला गिरीले बताएका छन् । उनले वातावरणलाई सफा राख्ने कार्यमा सबै उद्योगीहरूको साथ र सहयोग रहने विश्वास व्यतm गरे ।
बिहीबार लुम्बिनीमा नेपाल वातावरण पत्रकार समूहले आयोजना गरेको लुम्बिनीमा औद्योगिक प्रदूषण विषय संचार बहस कार्यक्रममा बोल्दै मन्त्री गिरीले सो कुरा बताएका हुन् । उनले कार्यक्रममा बोल्दै विकासका लागि भएको विनासलाई सकारात्मक रूपमा लिन आग्रह गरे ।
कार्यक्रममा बोल्दै डा. गितु गिरीले लुम्बिनीमा भएका सकारात्मक कुराहरूलाई आत्मसाथ गर्दै लुम्बिनीको फोहर व्यवस्थापनमा स्थानीय सरकार र प्रदेश सरकारले ध्यान दिनुपर्ने बताए । लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईले लुम्बिनीको विकासका लागि पर्याप्त बजेट अभाव रहेको बताए । उनले बजेट अभाव रहे पनि आफुहरूले लुम्बिनीको मास्टर प्लान अन्तिम चरणमा पु¥याएको जानकारी दिए । भट्टराईले लुम्बिनीको वातावरणिय प्रदुषण कम गर्नका लागि छिट्टै नगर भित्र सोलार बस सञ्चालनको तयारीमा रहेको बताए । कार्यक्रममा बोल्दै नेपाल वातावरण पत्रकार समुहका कार्यकारी निर्देशक सुबोद गौतमले लुम्बिनीलाई प्रदुषण मुक्त बनाउन गर्नुपर्ने उपायका बारेमा छलफल जरुरी रहेको बताए । सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले उद्योग स्थापनामा नै सरकारले कुन स्थान उचित भन्ने कुरामा ख्याल गर्न नसक्दा अहिलेको अवस्था सृजना भएको बताए । उनले सबै उद्योगी व्यवसायीहरूले वातावरणलाई ख्यालमा राखेर उद्योग सञ्चालन गरिरहेको जानकारी गराए ।
कार्यक्रममा नेपाल वातावरण पत्रकार समुहका अध्यक्ष अर्जुन ढकाल ,संस्थाका पुर्व महासचिव निमेश रेग्मी, दुर्गा कार्की लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख मनमोहन चौधरी, पत्रकार महासंघ रूपन्देहीका उपाध्यक्ष दिनेश पाण्डेय, सल्लाहकार नारायण सापकोटा, शेरबहादुर के सी, पत्रकार युवराज कंडेल, पार्वती पाण्डेय, ईन्दिरा अर्याल, भगवती पाण्डेय, नरेश के.सी, विन्दु चौहान लगायतले बोल्दै लुम्बिनीको गरिमा बचाउनलाई सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।